इनरुवा । केही दिन अगाडि अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएका सुनसरी हरिनगर गाउँपालिका–२ रामनगर भुटाहाका खुर्सिद अन्सारीको परिवारलाई आज सरकारले रु १० लाख हस्तान्तरण गरेको छ ।
११औँ दिनको पुण्य तिथिमा आइतार आयोजित श्रद्धाञ्जलिसभाका अवसरमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा खुर्सिदकै घर पुगेर उनका परिवारलाई रु १० लाखको चेक हस्तान्तरण गरे । अज्ञात समूहले गोली प्रहार गरी खुर्शिदको हत्या गरेको थियो । हत्या गरेका खुर्सिदलाई सरकारले शहीद घोषणा गर्दै र १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।
श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै मन्त्री थापाले अपराधी जुनसुकै कुनामा लुकेर बसेको भएको पनि कानूनी कठघरामा ल्याउने दाबी गरे । अपराधी देशको कुनै कुनामा लुकेर बसे पनि खोजेर कानूनी कठघरामा उभ्याउने उहाँले प्रतिबद्धता व्यक्त गरे ।






