अशोक बुढाथोकीको अध्यक्षमा मगर संघ युके, स्वीन्डन शाखाको नयाँ कार्यसमिति चयन

SHARE:

बेलायत। गत सनिवार २२ मार्च २०२५ का दिन मगर संघ युके, स्वीन्डन शाखाको अधिवेशनबाट अशोक बुढाथोकी मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा चित्र पुन मगर, सचिबमा दुर्गासिङ काउचा मगर, सहसचिबमा बलराम पुन मगर, कोषाध्यक्षमा तिल मगर, सहकोषाध्यक्षमा राजेन्द्र थापा मगर, एडमिन आइसीमा दिपक थापामगर, ड्रिंक आइसीमा दिल राना मगर, असिस्टेन्ट ड्रिंक आइसीमा नन्द गर्बुजा मगर, सांस्कृतिक सचिबमा देबिना थापा मगर, सह सांस्कृतिक सचिबमा सुबिर दर्लामी मगर, पिए टेक्निसियनमा नर राना मगर, युवा संयोजकमा भानु क्याप्छाकी मगर र प्रोपर्टी आइसीमा खडक कानु मगर निर्विरोध निर्वाचित भएका छन्।

मगर संघ युके, स्वीन्डन शाखाका अध्यक्ष पूर्ण थापाले अध्यक्षता गरेको अधिवेशनको पहिलो चरणमा शाखाको संगठानिक, आर्थिकलगायत बिभिन्न प्रतिवेदन हरु प्रस्तुत भएको छ। उक्त प्रतिवेदनहरु सर्वसम्मतद्वारा पारित भएको छ।

अधिवेशनको दोस्रो चरणमा निर्वाचन मण्डलले नयाँ कार्यसमिति चयन गर्नुको साथै नयाँ कार्यसमितिको अध्यक्ष अशोक बुढाथोकीलगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिका सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए। निर्वाचन मण्डलमा पुर्व अध्यक्षमोहन थापा मगर, मगर संघ युकेका सल्लाहकार मेजर चिन बहादुर थापा मगर, एमभिओ र मगर महिला संघका अध्यक्ष बिष्णु श्रीस मगर रहेका थिए।

अधिवेशनको अन्त्यमा नवनिर्वाचित अध्यक्ष बुढाथोकी मगरले निवर्तमान कार्यसमितिका अध्यक्ष पूर्ण थापा मगर र उनका कार्यसमितिलाई कार्यकाल सफलतापुर्वक सम्पन्न गरेको र निर्वाचन मण्डलले नयाँ कार्यसमिति चयन गरिदिएकोमा हार्दिक धन्यवाद दिएका थिए।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!