कमल पुर्जा- बेलायत।
गत बर्षहरुमा झैँ यस बर्ष पनि सनिवार १७ मे २०२५ को दिन गोर्खा म्युजियम र हिलियर गार्डेन भिजिट हुने भएको छ।
उक्त दिन हिलियर गार्डेनमा निर्मित नेपाली बगैचा र चौतारीको २८ बसन्त पुगेको उपलक्षमा बिशेष किसिमले मनाउने लक्ष राखिएको हुँदा बेलायतवासी सम्पूर्ण दाज्युभाइ तथा दिदी बहिनीहरुलाई सहभागी भैदिनहुन अनुरोध गरिएको छ। स्मरण रहोस, नेपाली बगैचा र चौतारी गोर्खा सैनिकहरुको अतुलनिय योगदानलाई उच्च सम्मान गर्नका लागि निर्माण गरिएको हो।
गोर्खा म्यूजियम भिजिट गर्नको लागि बिहान ९ बजे देखि ११ बजे सम्म समय सीमा राखिएको छ भने हिलियर गार्डेनको लागि ११:३० देखि मात्र भिजिट गर्न अनुरोध गरिएको छ। उक्त दिन र समय सीमा भित्र भिजिट गर्ने महानुभाबहरुलाई विशेष छुटको ब्यावस्ता गरिएको छ। गोर्खा म्यूजियामको लागि £२ र हिलियर गार्डेनको लागि £२ मात्र प्रवाश शुल्क राखिएको छ भने मनोरंजन ब्याबस्थापन खर्च £२ गरी जम्मा £६ राखिएको छ। वास्तबमा गोर्खा म्युजियमको प्रवेश शुल्क £६:५० हो भने हिलियर गार्डेनको £१७:५० हो।
ठेगना यस प्रकार छ:
Gurkha Museum Visits
Time: 9:00 AM – 11:00 AM
Location: Peninsular Barracks, Romsey Rd., Winchester, Hants, SO23 8TS
Sir Harold Hillier’s Gardens Visit
Time: 11:30 AM onwards
Location: Jermyns Lane, Ampfield, Romsey, Hants, SO51 0QA
यस वर्ष भिलेज ब्याण्डले मनोरंजन दिने छ भने स्थानीय गायक गायिकालगायत नृत्य कलाकारहरुको पनि प्रस्तुति रहने भएको छ।
उक्त दिनको लागि थप जानकारी जान्न चाहेमा निम्न तलका ब्याक्तिहरुलाई सम्पर्क गर्नु होला।
Bil Bahadur Purja – 07738 524846
Tulchandra Tilija – 07830 923841
Raman Sing Thapa – 07476 318959
Kamal Bahadur Purja – 07727 195720
Email: kpurja8386@yahoo.co.uk






