ऐतिहासिक बागदरबार भत्काउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

SHARE:

काठमाडौँ । सर्वोच्च अदातले ऐतिहासिक बागदरबार भत्काउने निर्णय तत्काल कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश दीपकराज जोशीको एकल इजलासले ऐतिहासिक बागदरबार भत्काउने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । पुरातत्व विभागले काठमाडौं महानगरपालिकालाई दरबारको मौलिकतामा परिर्वतन नहुने गरी पुनः निर्माण गर्न भने तापनि महानगरपालिकाले भत्काउने तयारी गरको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले सर्वोच्च अदालतमा सोमबार रिट निवेदन दायर गरेका थिए ।
सर्वोच्च अदाललते मौलिकता परिर्वतन नहुने गरी पुनः निर्माण गर्नुपर्ने भएकाले हुँदा तत्काल सो दरबार नभत्काउन र मुद्दाको अन्तिम किनारका नलाग्दासम्म संरक्षण गर्न आदेशमा भनेको छ । साथै, आदेश लिच्छवीकालीन, मल्लकालीन, राणाकालीन शाहकालीन सबै दरबार जोगाउन भनेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!