नेपालको शान्ति प्रक्रिया विश्वकै सफल उदाहरण: उपपराष्ट्रपति पुन

SHARE:

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन म्यान्माको शान्ति प्रक्रियालाई सार्थक सफलताको शुभकामना दिएका छन् ।

उनले म्यान्मा जारी युद्धविराम स्थायी शान्तिमा परिणत हुने शुभेच्छासहित शान्ति प्रक्रियामा आवश्यक परे नेपालले सहयोग गर्न सक्नेसमेत बताए ।

नेपालको शान्ति प्रक्रियाको अध्ययन गर्न आएको म्यान्माको ‘ज्वाइन्ट मनिटरिङ कमिटी युनियन लेभल अन सिजफाइर’को टोलीसँग आज भएको भेटमा उपराष्ट्रपतिले भने, “म्यान्माको शान्ति प्रक्रियामा प्रगति भइरहेको सुन्दा खुशी लाग्यो । त्यहाँको शान्ति प्रक्रियामा सघाउन परे हामी तयार छौँ ।”

म्यान्मामा युद्ध विरामपछि त्यसको मनिटरिङ गर्न बनेको सेना, विद्रोही सेना र नागरिक समाज सम्मिलित टोली नेपालको शान्तिप्रक्रियाको अध्ययनका लागि आएको छ ।

उपराष्ट्रपतिले नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना भएको बताए । नेपालको द्वन्द्व राजनीतिक एजेण्डामा भएकाले शान्ति प्रक्रियालाई सफल पार्न सहज भएको उनको भनाइ छ । “हामी दावाका साथ भन्न सक्छौँ की नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना हो ।” उनले भने, “नेपालको शान्ति प्रक्रियाबाट म्यानमारले सिक्न सक्छ तर, मेरो सुझाव छ, म्यान्माले आफ्नो मौलिकतामा शान्ति प्रक्रिया पूरा गरोस् ।”

उपराष्ट्रपतिले शान्ति प्रक्रिया सफल पार्न द्वन्द्वरत दुवै पक्ष गम्भीर हुनुपर्ने बताए । “शान्ति प्रक्रिया सफल पार्न दुवै पक्ष गम्भीर हुनुपर्दछ, त्यसमा पनि राज्य पक्ष बढी जिम्मेवार हुनुपर्दछ”, उनले भने, “म्यानमारको शान्ति प्रक्रियाका लागि स्वभावैले त्यहाँको सरकार र सेना बढी जिम्मेवार हुनुपर्दछ भन्ने मलाई लाग्छ ।” उनले नेपाल संविधान निर्माण, शान्ति प्रक्रिया सम्पन्न गरेर दिगो शान्ति र आर्थिक समृद्धिको यात्रामा अगाडि बढिसकेको बताए ।

उपराष्ट्रपतिसँगको भेटमा म्यान्माको ‘ज्वाइन्ट मनिटरिङ कमिटी युनियन लेभल अन सिजफाइर’का प्रमुख लेफ्टििनेन्ट जर्नेल यर प्याइले म्यान्मामा युद्धविराम रहेको र स्थायी शान्तितर्फ अग्रसर रहेको बताए । उनले आफ्नो देशमा रहेका विभिन्न २१ वटा सशस्त्र समूहमध्ये १० वटा वार्तामै आएको ११ वटा वार्तामा नआए पनि युद्धविराममा रहेको बताए ।

उनले नेपालको नमूनायोग्य शान्ति प्रक्रियाबाट म्यान्माले धेरै सिक्न चाहेको बताए । “नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नमूनायोग्य हो, त्यही भएर यहाँको शान्ति प्रक्रियाबारे अध्ययन गर्न आएका हौँ”, उनले भने ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!