नगेन्द्रराज नेम्वाङ
स्वस्थ शरीर र मन शान्त बाँच्नका लागि हाम्रो शरीरमा पानीले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । बैज्ञानिकहरुले पत्ता लगाएअनुसार पृथ्वीको तीन तिहाई भाग पानी अर्थात् समुन्द्रै समुन्द्रले ढाकिएको छ । त्यसरी नै हाम्रो शरीरमा पनि ८० प्रतिशत पानीको भाग रहेको हुन्छ । पानी यस्तो महत्वपूर्ण चीज हो कि कुनै पनि दुर्घटनामा मृत्यु हुने अवस्थामा पिउने पानीले छेप्ने हो भने मृत्युबाट पनि बच्न सकिन्छ ।
त्यसैले स्वस्थ रहनका लागि साथमा सधैं पानी लिएर हिड्नुपर्ने देखिन्छ । पानीको अभावमा हाम्रो शरीरले भोग्नुपर्ने पीडाहरु, टाउको दुख्ने, सास गनाउने, कब्जित रोग निम्त्याउने र छाला सुक्खा भई शरीर चिलाउने गर्दछ ।
मानसिक रुपमा तनाव बढ्दछ । स्मरण शक्ति कम हुन जान्छ । स्वस्थ र तन्दुरुन्त रहनका लागि शरीरलाई नभई नहुने भिटामिन्स र मिनरल्स हुन् । मिनरल्सका उच्च स्रोत भनेको पानी नै हो । दैनिक जीवनमा पानी नियमित पिउने हो भने कतिपय शारीरिक तथा मानसिक रोगबाट मुक्त हुन सकिन्छ ।
कम्तीमा दिनको १ लिटर र बढीमा ३ लिटर पिउनु पर्दछ । बिहान उठ्ने बित्तिकै १ गिलास त्यसपछि प्रत्येक घण्टा घण्टामा चिया पिए जस्तै चुस्की लिँदै पिउनु पर्दछ ।
शरीरलाई निरन्तर शक्ति चाहिरहेको हुन्छ । जुन शक्ति पानीबाट प्राप्त गर्न सकिन्छ । पानी पिउन नहुने समय भनेको खाना खान आधा घण्टा अघि र पछि हो ।
नियमित पानी पिउनाले शरीरले प्रशस्त मिनरल्स प्राप्त गरी स्वस्थ प्राप्त हुन्छ भने शरीरको भित्री भागको सरसफाई पनि हुने गर्दछ । पानी पिउनु सँगसँगै दैनिक रुपमा पनि नुहाउनु पर्दछ ।
साबुन सेम्पो हप्तामा एक पटक प्रयोग गरे हुन्छ । स्वास्थ्यकर्मीहरुको भनाइअनुसार शरीरलाई दिनमा एकपटक पानीमा भिजाउने हो भने मानसिक रुपमा चिन्ता, तनाव, अनावश्यक डर र त्रासबाट पनि मुक्त हुन सकिन्छ ।
पानी बाहेक पानीका स्रोत भएका फलपूmलहरु काँक्रा, खर्बुजा, अनार, सुन्तला र मौसमी सेवन गरेर पनि स्वास्थ्यलाभ गर्न सकिन्छ ।