
लन्डन ७ जून २०२५ । ग्रेटर रस्मूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको नेतृत्वमा शनिबार ७ जुनमा अल्डरसटमा ‘भिक्टोरिया डे’मा नेपाली संघ संस्थाहरुले सहभागिता जनाएका छन् । कार्यक्रममा १८ वटा विभिन्न नेपाली संघ संस्थाले मौलिक झाँकी प्रस्तुत गर्दै परेमा सहभागी भएको जीआरएनसी यूकेकी पहिलो महिला अध्यक्ष लीला सेलिङ माबोले जानकारी गराइन् । कार्निभलमा नेपालीमूलका विभिन्न मौलिक संस्कार, संस्कृति र पहिचान झल्काउने लुगा, गरगहना, बाजा र नृत्य, प्रथम नौमती बाजा गुल्मी यूके समूहको नौमती धुन, सोरठीसहित संघ संस्थाहरु सहभागी भएको थियो ।

भिक्टोरिया डेको मुख्य आयोजक रश्मोर बरो काउन्सिल रहेको कार्यक्रममा बिहान १० पछि सुरु भएको थियो । नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको थियो । रश्मोर क्षेत्रको अति आकर्षक कार्निभल रानी भिक्टोरिया दिवस जीआरएनसी यूकेको नेतृत्वमा हरेक वर्ष सहभागिता जनाइँदैआएको छ । यस वर्षको कार्यक्रमको संयोजक जीत मेन्याङ्बो थिए । जीआरएनसी यूके सन् २००३ मा स्थापना भएको हो ।










