तनहुँ समाज यूकेको १८औं वार्षिक भेटघाट सम्पन्न, सन्त गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

SHARE:


महेन्द्र आले- बेलायत

लन्डन ८ जून २०२५ । तनहुँ समाज यूकेको १८औं वार्षिक भेटघाट तथा बीबीक्यू कार्यक्रम सम्पन्न भएको छ ।

फानबोरोस्थित स्यामुयल कोडी स्पोर्ट्स कलेजमा शनिबार ७ जुन २०२५ मा संस्थाका अध्यक्ष केशर रानामगरको अध्यक्षतामा भव्यताका साथ भेटघाट तथा बीबीक्यू सम्पन्न भएको छ । कार्यक्रम समाजका अध्यक्ष केशर राना, संरक्षक लेख गुरुङ र प्रमुख अतिथि समाजका बयोवृद्ध सदस्य यङक आलेले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपालबाट आएका राष्ट्रियस्तरका कलाकारहरु प्रसाद खप्तरी मगर, बालचन्द्र बराल, देबी आले र पबित्रा गुरुङले दर्शक स्रोताहरुलाई विभिन्न गीत प्रस्तुत गरी भरपुर मनोरन्जन दिलाएका थिए । यस्तै स्थानीय कलाकारहरु दुर्गा गुरुङ,रोनिशा आले,सम्प्रदा राई,जेनम राई र अर्चिता गौतमले आकर्षक नृत्य गरे । साथै कार्यक्रममा प्रत्यक्ष मौलिक कौराहा नृत्य पनि प्रस्तुत गरिएको थियो । तनहुँ समाज यूकेका पदाधिकारी, सदस्यहरु तथा उपस्थित दर्शक कलाकारहरुसँगै नाचेका थिए । कलाकारलाई हौसला प्रदान गर्न उनीहरुले पैसाको फूल लगाइदिएका थिए ।

कार्यक्रममा सहभागी हुने वयस्कले २५ पाउन्ड, ज्येष्ठ नागरिकले २२ पाउन्ड र बालबालिकालाई १५ पाउन्ड शुल्क तोकिएको थियो ।

यसैबीची तनहुँ समाज यूकेको अध्यक्षमा सन्तबहादुर गुरुङ चयन भएका छन् । कार्यक्रममा गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । अध्यक्षमा निर्वाचित गुरुङ यसअघि द्वितीय उपाध्यक्ष थिए । उपाध्यक्षहरुमा निर्मला थापा, बोध बिक्रम थापा र कृष्ण थापा, महासचिवमा महेन्द्र आले, सचिवमा शोभा रेग्मी गौतम, कोषाध्यक्षमा जसप्रसाद आले र सहकोषाध्यक्षमा कृष्ण (किसान)आले चयन भएका छन् ।

सदस्यहरुमा डा.प्रकाश गौतम, अनिल थापा, पिताम्बर गुरुङ, लोकेन्द्र गुरुङ, कुल थापा, पूर्णकुमार आले, जयराम थापा, मनसुधन थापा, पवन राना, याम थापा, गुडदु गुरुङ, दुर्गाबहादुर गुरुङ, डम्मरसिंह गुरुङ सर्वसम्मत चयन भएको तनहुँ समाज यूकेले जनाएको छ ।

सोही कार्यक्रममा संस्थाका संरक्षक, निवर्तमान अध्यक्ष, सल्लाहकार र कोषाध्यक्षलाई सम्मान गरिएको थियो । संरक्षक लेख गुरूङ
लाईफ टाइम अचिभमेन्ट सम्मानित भए । निवर्तमान अध्यक्ष केशरबहादुर रानालाई विधानबमोजिम वरिष्ठ सल्लाहकार सम्मानपत्र प्रदान गरिएको थियो ।

यस्तै उत्कृष्ट समाजसेवा सम्मान-२०२५ बाट मे. रिटायर्ड वरिष्ठ-सल्लाहकार कुलबहादुर थापा एमभीओ, मे. रिटायर्ड वरिष्ठ-सल्लाहकार कृष्णबहादुर गुरूङ एमभीओ, वरिष्ठ-सल्लाहकार रन्जन मल्ल, मिनबहादुर रानामगर र कोषाध्यक्ष कृष्णबहादुर थापा सम्मानित भएको तनहुँ समाज यूकेले जनाएको छ। तनहुँ समाज यूके सन् २००८ मा स्थापना भएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!