काठमाडौं । नुवाकोटको सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
समुन्द्रटारबाट त्रिशूलीतर्फ गइरहेको बा१ ख ६३५६ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान १० बजे दुर्घटना हुँदा २ जनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरका अनुसार दर्घटनामा मिनु तामाङ, बलराम तिवारीसहित तीन जनाको मृत्यु भएको हो । एकजनाको पहिचान भएको छैन ।
गम्भीर घाइतेहरुको काठमाडौंमा उपचार भइरहेको छ । बस गणेशस्थानको छेरी खोलामा अनियन्त्रित भएर १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा ५८ भन्दा बढी यात्रु सवार रहेको जनाइएको छ ।






