के च्याटजिपिटी प्रयोग गर्ने विद्यार्थीहरूले कम सिक्छन् ?

SHARE:

लन्डन २ जुलाई २०२५ । जब जोसेलिन लेइत्जिङ्गरले आफ्ना विश्वविद्यालयका विद्यार्थीहरूलाई उनीहरूको जीवनमा उनीहरूले भेदभाव देखेका समयहरूको बारेमा लेख्न लगाउनुभयो, उहाँले धेरै कथामा स्याली नामकी महिला पीडित भएको थाहा पाउनुभयो ।

“यो स्पष्ट थियो कि च्याटजिपिटीले यसलाई सामान्य महिलाको नाम हो भन्ने निर्णय गरेको थियो”, सिकागोको इलिनोइस विश्वविद्यालयमा व्यापार र समाजसम्बन्धी स्नातक कक्षा पढाउने लेइत्जिङ्गरले भन्नुभयो, “उनीहरूले आफ्नै जीवनका आफ्नै उपाख्यानात्मक कथाहरू पनि लेखिरहेका थिएनन् ।”

लेइत्जिङ्गरले आफ्ना एक सय ८० विद्यार्थीमध्ये आधाले गत सेमेस्टरमा कुनै न कुनै समयमा च्याटजिपिटीको अनुचित प्रयोग गरेको अनुमान गर्नुभयो जसमा कृत्रिम बुद्धिमत्ता (एआई) को नैतिकताबारे लेख्नु पनि समावेश थियो । यसलाई उहाँले ‘विडम्बनापूर्ण’ र ‘दिमाग भ्रमित पार्ने’ भन्नुभयो ।

त्यसैले निबन्ध लेख्न च्याटजिपिटी प्रयोग गर्ने विद्यार्थीहरू कम आलोचनात्मक सोचमा संलग्न हुन्छन् भन्ने हालैको अनुसन्धानले उहाँलाई अचम्म बनाएन ।

सहकर्मी–समीक्षा नगरिएको प्रिप्रिन्ट अध्ययन व्यापक रूपमा अनलाइन साझा गरिएको थियो र स्पष्ट रूपमा केही निराश शिक्षकहरूसँग मिल्दोजुल्दो थियो ।

यस पेपरको पछाडि एमआइटी अनुसन्धानकर्ताहरूको टोलीले गत महिना अनलाइन प्रकाशित भएदेखि सबै प्रकारका शिक्षकहरूबाट तीन हजारभन्दा बढी इमेल प्राप्त गरेको प्रमुख लेखक नतालिया कोस्मिनाले बताउनुभयो ।

– ‘आत्माविहीन’ एआई निबन्धहरू –

सानो अध्ययनका लागि बोस्टन क्षेत्रका ५४ वयस्क विद्यार्थीलाई तीन समूहमा विभाजन गरिएको थियो । एक समूहले २० मिनेटका निबन्धहरू लेख्न च्याटजिपिटी प्रयोग गर्‍यो, अर्कोले सर्च इन्जिन प्रयोग गर्‍यो र अन्तिम समूहले केवल आफ्ना दिमागको सहारा लिनुपर्‍यो ।

अनुसन्धानकर्ताहरूले विद्यार्थीहरूको मस्तिष्क गतिविधि मापन गर्न इइजी उपकरणहरू प्रयोग गरे र दुई शिक्षकले निबन्धहरूलाई अङ्क दिए ।

च्याटजिपिटी प्रयोगकर्ताहरूले सबै स्तरमा मस्तिष्क मात्र प्रयोग गर्ने समूहभन्दा उल्लेखनीय रूपमा खराब अङ्क पाए । उनीहरूको मस्तिष्कका विभिन्न क्षेत्रहरू कम पटक एकअर्कासँग जोडिएको इइजीले देखायो ।

च्याटजिपिटी समूहका ८० प्रतिशतभन्दा बढीले उनीहरूले भर्खरै लेखेका निबन्धबाट अन्य दुई समूहका करिब १० प्रतिशतको तुलनामा केही पनि उद्धृत गर्न सकेनन् ।

तेस्रो सत्रसम्म च्याटजिपिटी समूह मुख्यतया प्रतिलिपि र टाँस्नमा केन्द्रित देखिन्थ्यो । शिक्षकहरूका अनुसार उनीहरूले ‘आत्माविहीन’ च्याटजिपिटी निबन्धहरूलाई सजिलै पहिचान गर्न सक्थे किनभने तिनमा राम्रो व्याकरण र संरचना थियो तर रचनात्मकता, व्यक्तित्व र अन्तर्दृष्टिको कमी थियो ।तथापि कोस्मिनाले च्याटजिपिटी प्रयोगले मानिसहरूलाई अल्छी वा अधिक मूर्ख बनाउँछ भन्ने पेपरले देखाएको दाबी गर्ने मिडिया रिपोर्टहरूको विरोध गर्नुभयो ।

उहाँले चौथो सत्रलाई औँल्याउनुभयो, जतिबेला मस्तिष्क मात्र प्रयोग गर्ने समूहले आफ्नो निबन्ध लेख्न च्याटजिपिटी प्रयोग गर्‍यो र न्युरल कनेक्टिभिटीको अझ उच्च स्तर प्रदर्शन गर्‍यो ।

कोस्मिनाले अध्ययनको सानो नमूना आकारबाट निष्कर्ष निकाल्न धेरै चाँडो भएको कुरामा जोड दिनुभयो तर एआई उपकरणहरू कसरी सिकाइमा मद्दत गर्न थप सावधानीपूर्वक प्रयोग गर्न सकिन्छ भनेर थप अनुसन्धानका लागि आह्वान गर्नुभयो ।

अनुसन्धानमा संलग्न नभएकी क्यालिफोर्निया विश्वविद्यालय सान डियागोका न्युरोसाइन्टिस्ट एस्ले जुभिनेटले प्रिप्रिन्टबाट गलत रूपमा व्याख्या गर्ने केही ‘गलत’ शीर्षकहरूको आलोचना गर्नुभयो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!