नेफिन युकेले ३१ सौं विश्व आदिवासी दिवस मनाउने

SHARE:

 

सनिवार २६ जुलाई २०२५ – बेलायत। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले ३१ सौं विश्व आदिवासी दिवस मनाउनको लागि जुम बैठक सम्पन्न भएको छ। उक्त जुम बैठकमा विश्व आदिवासी दिवसको वारे र डिनर नाइटको वारेमा ब्यापक छलफल भएको छ।

विश्व आदिवासी दिवस आगामी अगष्ट ९ र १० २०२५ को दिन बेलायतको गिल्फोर्डस्थित किरात राई हाउसको चौरमा आयोजना हुने भएको छ।

विश्व आदिवासी दिवसको पहिलो दिन तथा सनिवार ९ अगष्टको दिन युथ, भेट्रान र महिला भलिवल प्रतियोगिता हुने छ भने दोस्रो दिन आइतवारको दिन धनुषवान प्रतियोगिता, झाँकी, सांस्कृतिक कार्यक्रम, ठेलो प्रतियोगिता र राफल ड्र हुनेछ।

उक्त दिनहरुमा खानपिनको स्टलहरु, लत्ता कपडा, घरयासी प्रयोजनका लागि भाँडाकुडा ब्यावस्था, व्यापारिक स्टलहरु, बिभिन्न जानकारीमुलक स्टलहरुलगायत मनोरन्जनका सामाग्रीहरुको स्टलको व्यवस्था गरिने भएको छ भने ओभर नाइट रहन चाहनेको लागि क्यामपिङ पनि गर्न सकिने आयोजकले बताएका छन्।

भलिवल प्रतियोगिता विजयीको लागि युथ, भेट्रान र महिलाको लागि पुरष्कार क्रमश: £१६००, £१००० र £९०० राखिएको छ भने उपविजेताको लागि क्रमश: £१०००, £६०० र £५०० राखिएको छ। त्यस्तै राफल ड्रको लागि पुरष्कार एक तोला सुन राखिने भएको छ।

झाँकीको बेलायतमा स्थापित बिभिन्न संघ-संस्थाहरुको उपस्थिति रहने भएको छ भने नेपालवाट बेलायतमा आएका कलाकारहरुको प्रस्तुति रहने भएको छ।

विश्व आदिवासी दिवसको लागि प्रमुख अतिथि बेलायतको लागि नेपाली राजदुत चन्द्र कुमार घिमिरेलाई आमन्त्रण गरिने भएको छ।

नेफिन युकेको अध्यक्ष मेजर योगेश कोयी राईले अध्यक्षता गरेको बैठक महासचिब फ्रम बहादुर दुराले संचालन गरेका छन्। बैठकमा नेफिन युकेका पुर्व अध्यक्षहरु, पदाधिकारीहरु, सल्लाहकारहरु र पत्रकारहरुको उपस्थिति रहेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!