बीसीसी गुम्बामा छ्योखोर दुचेन पूजा सम्पन्न, धर्म गुरुहरुको स्वागत तथा बिदाई

SHARE:

पूर्ण गुरुङ – लण्डन ।
बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले बुद्धका चार मुख्य तीथि मध्येको एक धर्म चक्र (छ्योखोर दुचेन अर्थात् ठुक्पा छेश्यी) को अवसरमा बिशेष पुजा आयोजना गरेको छ । सोमबार २८ जुलाईका दिन विविध कार्यक्रमका साथ बिसीसी युकेको अल्डररसटस्थित गुम्बामा आयोजना गरिएको हो ।

काठमाण्डौं, बौद्धस्थित सेचन गुम्बाका दोर्जिन निमा लुङ्गरिक रिन्पोछेको बिशेष उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रममा बीसीसी युकेका प्रमुख लामा खेन्पो छिरिङ्ग, खेन्पो पुर्तेम्बा, लोपेन सोनाम, लोपेन वाङ्गदीले पूजापाठ गरेका थिए । साथै, पूजाको शुरुवातमा, माहायानाका प्रमुख, लुङथेप्पा गुरु द्वारा प्रकासित वाङ चुङ यीङ थीक धर्म पुस्तक, बिसिसि युकेलाई ३१ ठेली प्रदान गरिएको थियो। धर्म गुरु, कार्यसमिति र सहभागी भक्तजनहरुले लुङ्गछेक्पा धार्मिक पेचा (पुस्तक) लाई गुम्बा परिसरभित्र सम्मान स्वरुप, गुम्बालाई ३ पटक परिक्रमा गरी, पुजाकक्षका मुख्यलयमा, अधिष्ठानका साथ सुरुक्षित रखीयो।

सो अवसरमा दोर्जिन रिन्पोछेले बुद्धको चार आर्य सत्य (फोर नोवल ट्रुथ), धर्म चक्र प्रवर्दन बारे प्रवचन दिएका थिए । उक्त प्रवचनलाई खेन्पो पुर्तेम्बाले नेपालीमा अनुवाद गरेका थिए । त्यस्तै, दोर्जिन रिन्पोछे लगायत धर्मगुरुहरुले धर्मचक्र (छोक) पूजा, दिपप्रज्वलन (मर्मे) पाठ, आयु वृद्धि हुने सिद्धि, प्राणिधान (मलम) पाठलगायतका पुजाहरु गरेका थिए ।

कार्यक्रममा बीसीसी युकेका अध्यक्ष आङ्गदावा शेर्पाले धर्म गुरुहरु र उपस्थित भक्तजनहरुलाई स्वागत गर्दै छ्योखोर दुचेनबारे छोटो जानकारी दिएका थिए । त्यस्तै, बीसीसी युकेका पदाधिकारीका साथसाथै आमाहरुले धर्म प्रवचनका लागि मण्डला अर्पण गरेका थिए ।

सो अवसरमा बीसीसी युकेको निमन्त्रणामा हालै बेलायत आएका खेन्पो छिरिङ्ग र लोपेन वाङ्ग्दीलाई बीसीसी युकेका अध्यक्ष शेर्पा र आमा प्रमुख जगना गुरुङले खादा लगाई स्वागत गरेका थिए । साथै, सोही अवसरमा बीसीसी युके अल्डरसट र बीसीसी युके लण्डन शाखामा रहेर विभिन्न पूजापाठ संगसंगै प्रवचन दिदै आएका खेन्पो पुर्तेम्बालाई बिदाई गरिएको थियो ।
उक्त कार्यक्रममा बिसीसी युकेका संस्थापक अध्यक्ष ले. काजी शेर्पा, बीसीसी युकेका उपाध्यक्ष क्याप्टेन देब घले, काेषाध्क्ष मेजर बलदीप तामाङ, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ, पूर्व आमा प्रमुख पुष्पा गुरुङ, आमा उपप्रमुख शारदा गुरुङ, बीसीसी युकेका कार्यसमितिका पदाधिकारी एवं सदस्य, आमा समूहका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।
बीसीसी युकेका अध्यक्ष आङ्गदावा शेर्पाको अध्यक्षता र उपाध्यक्ष उपाध्यक्ष मेजर हितमान गुरुङको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमलाई महासचिव मेजर कुमार गुरुङ एमभिओले संचालन गरेका थिए ।
स्मरण रहोस्, बेलायतमा आफ्नो भाषा, कला, संस्कार र संस्कृति संरक्षण तथा संवर्दन गर्ने, च्यारिटीमूलक कार्यहरु गर्ने, बौद्ध शिक्षा प्रवर्दन गर्नेलगायतका उद्देश्यका साथ स्थापना भएको बीसीसी युकेले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!