आइतवार १० अगष्ट २०२५ – बेलायत। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले “३१ औं विश्व आदिवासी तथा मूलवासी दिवस” बेलायतको गेम्वल लेनस्थित किरात हाउसको मैदान माभब्य रुपले सम्पन्न भएको छ।
“३१ औं विश्व आदिवासी तथा मूलवासी दिवस” को उपलक्षमा आयोजना गरेको झाँकी प्रतियोगिता मगर संघ युकेको झाँकी टिम प्रथम स्थानमा आउन सफल भई नेफिन युकेको झाँकीको ट्रफी मगर संघ युकेको पोल्टामा परेको छ भने दोस्रो र तेस्रो स्थानमा क्रमश: किरात याक्थुम चुमलुङ युके र किरात राइ यायोक्खा युकेले ओगट्न सफल भएको छन्।
त्यस्तै नेफिन युकेले आयोजना गरेको “३१ औं विश्व आदिवासी तथा मूलवासी दिवस” को उपलक्षमा आयोजना गरेको आर्चरी प्रतियोगितामा ओभर अल तर्फ मन्दिप जुग्जाली मगर प्रथम भएका छन् भने रन पाइजा मगर र बेल बुराथोकी मगर क्रमश: दोस्रो र तेस्रो बनेका छन्।
एभरेष्ट आर्चरी कलब युकेले आयोजना गरेको आर्चरी टिम प्रतियोगितामा सचिन पुन मगरको टिम प्रथम भएको छ भने मन्दिप जुग्जाली मगर र बेल बुराथोकी मगरको टिम क्रमश: दोस्रो र तेस्रो बनेका छन्।
आर्चरी परतियोगीतामा बेस्ट पेलेयर अफ द टुर्नामेन्टमा मन्दिप जुग्जाली मगर बनेका छन् भने बेस्ट खोल विनरमा बिकाश हिराचन बनेका छन्। त्यस्तै नोभिस आर्चरी प्रतियोगितामा नुमा तुम्वाहम्फे प्रथम बन्न सफल भएका छन् भने अमुल्य लिम्बु र नियासा लिम्बु क्रमश: दोस्रो र तेस्रो बन्न सफल भएका छन्।
नेफिन युकेले “३१ औं विश्व आदिवासी तथा मूलवासी दिवस” को उपलक्षमा नेपाल आदिवासी जनजाति महिला महासंघ युकेका वरिष्ठ उपाध्यक्ष श्रीमती गंगा माया दुरालाई “वर्ष महिला २०२५ र सल्लाहकार दुत पुन (चिम्खोले काईला) लाई “वर्ष पुरुष २०२५” ले विशेष सम्मान गरेको छ।
“३१ औं विश्व आदिवासी तथा मूलवासी दिवस” को उपलक्षमा राखिएको ठेलो प्रतियोगितामा बसन आले मगर बिजयी बनेका छन्।
झाँकीमा भाग लिएका टिमहरु, आर्चरी र ठेलोमा विजयी खेलाडीहरुले नेफिन युकेका अध्यक्ष मेजर योगेश कोयी राई, प्रमुख अतिथि तथा सल्लाहकार भक्त बहादुर दुरा, उपाध्यक्ष बिमला कोयी राई, महासचिव फ्रम बहादुर दुराको वाहुलीवाट पुरष्कार ग्रहण गरेका छन्।
” विश्व आदिवासी तथा मूलवासी दिवस” मा नेपालवाट बेलायतमा आएका चर्चित कलाकारहरु बुद्धिमान दुरा, युवराज मगर, नितु पुन मगर, पवित्रा गुरुङ, नन्द कृष्ण जोशीलगायत स्थानीय कलाकारहरु लिला राई र सलानी राईले उपस्थित दर्शकलाई भरपुर मनोरंजन दिएका छन्।
नेफिन युकेका अध्यक्ष मेजर योगेश कोयी राईको अध्यक्षतामा सम्पन्न आदिवासी तथा मूलवासी दिवसका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ केन्द्रका संस्थापक सचिब तथा नेफिन युकेका सल्लहाकार भक्त बहादुर दुरा प्रमुख अतिथि थिए। उक्त दिवसमा नेपाल आदिवासी जनजाति महिला महासंघ युकेका वरिष्ठ उपाध्यक्ष गङ्गा माया दुराले स्वागत मन्तब्य दिएका छन् भने महासचिब फ्रम बहादुर दुराले कार्यक्रम संचालन गरेका छन्।
विश्व आदिवासी तथा मूलवासी दिवसमा प्रमुख अतिथि भक्त बहादुर दुरा, विशेष अतितिथिहरु, गैर आवसीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाह मगर, नेफिन केन्द्रका संधीय परिषद पुर्वसदस्य राकेश राई, नेफिन युकेका संथापक अध्यक्ष, पुर्व अध्यक्षहरु, निवर्तमान अध्यक्ष, सल्लाहकारहरु, नेपाल पत्रकार महासंघका अध्यक्ष, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष, नेपाल आदिवासी जनजाति महिला महासंघका अध्यक्ष, वेलायतमा स्थापित बिभिन्न संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरुलगायत नेपालवाट बेलायतमा आएका चर्चित कलाकारहरु बुद्धिमान दुरा, युवराज मगर, नितु पुन मगर, पवित्रा गुरुङ, नन्द कृष्ण जोशीको उपस्थिति रहेको थियो।






