
–एटा संवाददाता
लण्डन । लण्डन फेशन हाउसले आयोजना गरेको ‘मिसेस नेपाल यूके २०१८’ को उपाधी विनु लामिछाने पाएकी छन् । गत बुधबार २४ अक्टोबर साँझ लन्डन हयारोस्थित हयारो बरो फुटबल क्लबमा सम्पन्न प्रतियोगितामा उनी १३ जना प्रतियोगी मध्येबाट मिसेस युके बनेकी हुन् । त्यस्तै, बन्दना केसी दोस्रो र सबु सेन्चुरी र सविना श्रेष्ठ तेश्रो भएकी छन् । त्यस्तै व्युटी फर चेन्ज सुनिता श्रेष्ठ, ट्यालेन्ट निरु कोईराला, पब्लिक च्वाईस बिनु लामिछाने, वेष्ट सेफ सबु सेन्चुरी, फोटो जेनिक रिमा कंडेल, वेस्ट कस्टुम ज्योति गुरुङ, वेष्ट स्माईल मुना राउत, वेस्ट क्याटवक सन्तोषी कार्की, वेष्ट फीग स्वस्तीका लोहनी, पर्सनालिटीमा सविना श्रेष्ठ बनेकी छन् । ।
बिबाहित महिलाहरु भित्र रहेको प्रतिभा प्रस्फुटन होस् भन्ने उद्देश्यका साथ आयोजना गरिएको सो प्रतियोगितामा गायिका सितु खरेल, समाजसेवी रोजिना प्रधान राई, संचारकर्मी कुशल श्रेष्ठ, डा.रजनी रिजाल र व्युटीसियन स्वेता हुसेनले निर्णायकको भूमिका खेलेका थिए ।
लण्डन फेशन हाउसकी मनिषा डंगोलले आयोजना गरेको प्रतियोगितालाई त्यस्तै, समाजसेवी शिवजी श्रेष्ठ, हिराधन राई र चिरञ्जिवी ढकालले मुख्य सल्लाहकारको भूमिका खेलेका थिए । लन्डनस्थित नेपाली राजदूतावासका उप नियोग प्रमुख शरद राज आरनको प्रमुख आतिथ्यमा सम्पन्न भउको कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष योग कुमार फगामीलगायतको बिशेष उपस्थिति रहेको थियो ।

गत वर्षकी विजेता मिसेस नेपाल यूके २०१७ आस्था जोशी बाटाजुले संयोजन गरेकी कार्यक्रमको बिजया लक्ष्मी श्रेष्ठले अफिसियल आर्टिस मेकअप, रजनी प्रधान राईले फिटनेश प्रशिक्षण र बिनोद बरालले सेफको तालिम दिएका थिए ।
बिभोर ढकाल र सुस्मिता थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा बेलायतवासी नेपाली संघसंस्थाका प्रतिनिधिहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।






