बेलायतमा एनआरएनए कप तथा मेलाका लागि मेयर भीम सारु मगरले दिए १ हजार पाउन्ड, कसले कति दिए ?

SHARE:


लन्डन ५ सेप्टेम्बर २०२५ । बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको मेयर भीम सारु मगरले यही १३ सेप्टेम्बरमा हुने गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) दोस्रो एनआरएनए कप तथा मेलाका लागि १ हजार पाउन्ड सहयोग दिएका छन् ।

फेल्थाम खेल मैदानमा आयोजना गरिने फुटबल प्रतियोगिता र मेलाका लागि मेयर मगरले एनआरएनए कपको नगद पुरस्कारका लागि १ हजार पाउन्ड सहयोग गरेको एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिए । प्रतियोगिता र मेलाका लागि बेलायतका संघसंस्था र व्यक्तिहरुले सहयोग जारी राखेको अध्यक्ष गाहामगरले जनाएका छन् ।

यस्तै भेट्रान क्याटगोरीका विजेताको पुरस्कार एनआरएनए यूकेका पूर्वअध्यक्ष योगेन्द्र क्षत्रीको वाईबीसीले प्रायोजन गरेको छ । यही विधाको रनरअपको पुरस्कार व्यवसायी सुरेश केसी दम्पतीले ६ सय पाउन्ड प्रदान गरिने समेत अध्यक्ष गाहा मगरले जनाए । उनका अनुसार एम्पायर हलका सञ्चालक पुरन गिरी, एनआरएनए यूकेका उपाध्यक्ष तीर्थ मल्ल (अनिल)ले नगद पुरस्कारका लागि ६/६ सय पाउन्ड प्रायोजन गर्ने छन् ।

कार्यक्रमका लागि एनआरएनए यूकेका प्रमुख संरक्षक डेभिड गुरुङले २५० पाउन्ड, संरक्षक नरकुमारी लिम्बु १०० पाउन्ड, प्रमुख सल्लाहकार रत्नबहादुर राई १०१ पाउन्ड, एनआरएनए आइसीसी गोर्खा टाक्स फोर्सका अध्यक्ष ओम थापा काउछाले १०० पाउन्ड, स्वास्थ्य विभागका अध्यक्ष डा भीम पुनले १०० पाउन्ड, सदस्य श्रीप्रसाद गुरुङ १०५ पाउन्ड, एनआरएनए यूकेका सल्लाहकार क्याप्टेन ताम ढेगा १०० पाउन्ड, पूर्वअध्यक्ष मेजर डमर घले एमबीई १०० पाउन्ड सहयोग प्राप्त भएको अध्यक्ष गाहामगर बताए । यस्तै सोलिसिटर राजु थापाबाट २५० पाउन्ड, व्यवसायी भक्त दर्जीबाट २५० पाउन्ड, जीआरएनसी युकेकी अध्यक्ष लीला सेलिङ माबोबाट १०० पाउन्ड, एनआरएनए यूके आईसीसी सदस्य विजय गुरुङ ११५ पाउन्ड सहयोग भएको छ ।

एनआरएनए यूकेका संरक्षक हितमान गुरुङले महिला क्याटगोरीका विजेताको २०० पाउन्ड नगद पुरस्कार प्रायोजन गरेका छन् ।

एनआरएनए कपअन्तर्गत मेन, भेट्रान र महिला टिमबीच प्रतिस्पर्धा हुनेछ । टिम प्रवेश शुल्क मेन टिमका लागि २ सय पाउन्ड, भेट्रान २ सय पाउन्ड र महिला टिम दर्ता शुल्क ५० पाउन्ड तय गरिएको छ । युवा संयोजक विशाल राईका अनुसार मेन टिमका विजेताले २२०० पाउन्ड र उपविजेताले ११०० पाउन्ड प्राप्त गर्नेछन्। भेट्रानतर्फ विजेता टिमलाई १२०० पाउन्ड र उपविजेतालाई ६०० पाउन्ड प्रदान गरिनेछ। त्यस्तै, महिला टिमतर्फ च्याम्पियनले २०० पाउन्ड र उपविजेताले १०० पाउन्ड पाउने आयोजकले जनाएका छन् ।

मेलामा नेपाली व्यवसायलाई आफ्ना उत्पादन र सेवाहरु प्रदर्शित गर्ने विशेष अवसर दिइनेछ । बेलायतमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायका लागि कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ । एनआरएनए यूकेका प्रवक्ता डा. कुल प्रसाद कँडेलले समुदायलाई मेलामा सहभागी भई फुटबल प्रतिस्पर्धा र नेपालीपन झल्काउने विविध कार्यक्रमको आनन्द लिन आमन्त्रण गरेका छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!