सुरेन्द्र इङ्नाम
केन्ट । गीतकार दिलसिंह मेन्याङ्बोको आउँदै गरेको एल्बम ‘दिलको सिर्जना’ एल्बमको पहिलो गीत ‘कस्ले भन्छ खुसी छु म’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
लिम्बु समुदायको सामाजिक संस्था किरात याक्थुङ् चुम्लुङ्को वर्तमान केन्द्रीय अध्यक्ष गीतकार दिलसिङ् मेन्याङ्बोले उक्त एल्बमको सबै गीतहरु रेकर्ड भई सकेको र ‘कस्ले भन्छ खुशी छु म’ गीतमा संगीत पनि आफैले भरेका छन् । आफैले छोटो मोडलको भुमिका पनि निर्वाह गरेका छन । यस गीतमा स्वर ब्रबिन शेर्मा, सिनेमाटोग्राफी रबिन्द्र बराल छन् भने निर्देशन तथा पोस्ट प्रोडक्सन सुल्तान ईधिङ्गो तथा सुल्तान प्रोडक्सनको रहेको छ ।
ताप्लेजुङ थेचम्बु जन्मथलो भई पछि झापा, शिवसताक्षी नगरपालिका वडा नम्बर ५ सिर्जना चोक बसाई सरेका मेन्याङ्बो हाल हाईवेकम बेलायत कर्मथलो बनाई कार्यरत छन् ।
उक्त एल्बमका अन्य दुई म्युजिक भिडियोहरु ‘बैंशलाई हेरेर’ र ‘आज मेरो बिदाईको’ म्युजिक भिडियोहरु पनि युट्युमा राखिसकेका छन । ‘बैंशलाई हेरेर’ मा दिपक लिम्बुको स्वर, संगीत कुमार लिम्बु र किशोर सुब्बाले निर्देशन गरेका छन । ‘आज मेरो बिदाईको’ बोलको गीतमा मेलिना राईको स्वर, चोक गुरुङको संगीत र किशोर सुब्बाले निर्देशन गरेका छन ।
गीतकार मेन्याङ्बो गीत, संगीतमा मात्र नभएर बेलायत बसेर सामाजिक र कल्याणकारी कामहरुमा पनि ब्यस्त रहन्छन् ।