नेपालमा ‘जेनजी’आन्दोलनले कहाँ कहाँ पुर्‍यायो क्षति ? [सूचीसहित]

SHARE:


लन्डन १० सेप्टेम्बर २०२५ । ‘जेनजी’को नाममा सोमबारदेखि सुरु भएको आन्दोलन हिंसात्मक बनेपछि नेपालमा ठूलो जनधनको क्षति भएको छ । आन्दोलन मंगलबार थप चर्किएपछि राज्यका तीन अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका (संघीय संसद्) भवनसहित धेरै सरकारी प्रशासनिक भवन, प्रहरी कार्यालय तथा केही व्यापारिक भवनमा क्षति पुगेको हो । मंगलबारसम्म २० भन्दा बढीको ज्यान गइसकेको छ । कतिपय जलेका भवनभित्र शवहरु पनि भेटिएका छन् ।

प्राप्त प्रारम्भिक विवरणअनुसार सिंहदरबारका दर्जनौं मन्त्रालयहरु, संघीय संसद्‌, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, प्रदेशसभा भवन, विमानस्थलमा समेत आगजनी र तोडफोड भएका छन् । यस्तै ठूला होटल, नेताहरुका निजी निवास, पूर्वपदाधिकारीका निवास, सञ्चारमाध्यममा समेत तोडफोड भएको छ । देशको मुख्य राजधानीका सयौं संचरनामा तोडफोड र आजगजी भइरहे पनि नेपालको सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले आफ्नो सुरक्षाबाहेक ती संरचना कुनै जोगाउन सकेनन् ।

बुधबार राति १० बजेदेखि सेना परिचालन र प्रहरी भएको छ । बुधबार दिउँसो काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा र राति कर्फ्यु जारी गरिएको छ । लुटपाट, आगजनी तोडफोडमा संलग्नलाई नगद, हतियारसहित नियन्त्रणमा लिएको खबर आएको छ ।

आन्दोलनका बीच ठूला ठूला भ्रष्टाचार, ठगी, हत्या, बलात्कार, व्यक्ति हत्या जस्ता अपराधमा जेल सजाय भोगिरहेका सयौं कैदीबन्दी हिरासतबाट भागेका छन् ।

  • सिंहदरबारका दर्जनौं मन्त्रालयहरु
  • संघीय संसद्‌
  • राष्ट्रपति भवन
  • प्रधानमन्त्री निवास
  • प्रदेशसभा भवन
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
  • केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डलगायत नेताका निवास
  • ठूला होटलहरु
  • प्रहरी कार्यालयहरु
  • सञ्चारमाध्यम भवन
  • सर्वोच्च अदालत
  • कारागार कार्यालय
  • सपिङ मलहरु
  • नगरपालिका कार्यालय
  • सरकारी वकील कार्यालयलगायत

 

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!