स्थगित भयो एनआरएनएको १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन (विज्ञप्तिसहित)

SHARE:

लन्डन ११ सेप्टेम्बर २०२५ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गरिएको छ ।

जेनजी आन्दोलनपछि नेपालमा उत्पन्न विषम परिस्थितिबीच आगामी ६ महिनाभित्र महाधिवेशन गर्ने गरी महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गरिएको अध्यक्ष डा.बद्री केसीले जानकारी दिएका छन् । यसअघि एनआरएनए महाधिवेशन तथा विश्व सम्मेलन अक्टोबर ११–१४ का लागि तय गरिएको थियो ।

नयाँ मितिमा हुने बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनमा सहभागी हुन अध्यक्ष केसीले विज्ञप्तिमार्फत सबै पक्षलाई अनुरोध पनि गरेका छन् ।

संघले काठमाडौँसहित देशका विभिन्न स्थानमा सेप्टेम्बर ८ र ९ मा भएको ‘जेनजी’ पुस्ताको प्रदर्शन र त्यसपछि उत्पन्न असामान्य परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । ‘प्रदर्शनका क्रममा र त्यसपछि पनि देशैभरि भएका सार्वजनिक सम्पत्तिमाथि आगजनी, तोडफोड, हिंसा र लुटपाटका घटनाले संघ स्तब्ध भएको छ । बालुवाटारस्थित संघको मुख्य सचिवालय एवं संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको निजी निवासमा भएको आगजनीले थप मर्माहत बनाएको छ’, विज्ञप्तिमा छ ।

यस्ता किसिमका घटनाले विदेशमा रहेका नेपाली र विदेशी लगानीकर्तालाई पनि निराश बनाएको जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!