नेपाली दूतावास लन्डन परिसरमा जेनजी युवाहरुको निधनप्रति श्रद्धाञ्जली अर्पण

SHARE:


लन्डन १२ सेप्टेम्बर २०२५ । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके)ले नेपालमा भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजी युवाहरुको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

संघले बिहीबार लन्डनस्थित नेपाली दूतावास परिसरमा दीप प्रज्वलन गर्दै मृतात्माको चीरशान्तिको कामनासहित श्रद्धाञ्जली अर्पण गरेको हो । सुरक्षाका कारण करिब तीसजनामात्र उपस्थित उक्त सभाका सहभागीले जेनजी शहीदहरुप्रति पुष्पगुच्छा अर्पण गरि एकमिनेट मौनधारण समेत गरेका थिए ।

स्मृतिसभामा राजदूत चन्द्र कुमार घिमिरेले दिवंगत जेनजी युवाहरुप्रति श्रद्धान्जली अर्पण गर्दै नेपालीहरु जस्तोसुकै कठिन अवस्थामा पनि भावनात्मक रुपमा एक भएर उभिने गरेको उल्लेख गरे ।

राजदूत घिमिरेले बेलायतमा रहेका नेपालीलाई अब इमान्दारिताका साथ नेपालको मुहार फेर्न योगदान गर्न आग्रह गरे । प्रदर्शनमा सदाहत प्राप्त गरेका युवाहरुको सपनाको साकार पार्न नेपाल र नेपालीको मुहार फेरे त्यो सच्चा श्रद्धान्जली हुने पनि उनले बताए ।

संघका अध्यक्ष प्रेम गाहा मगरले युवामाथि प्रहरी दमन र हत्याको विरोध गर्दै श्रद्धान्जली अर्पण गरे । उनले नेपालमा व्याप्त भ्रष्टाचार अन्त्य र सुशासनका लागि युवाहरुले गरेको प्रदर्शनप्रति ऐक्यवद्धता एवं कृतज्ञता समेत व्यक्त गरे ।

अध्यक्ष गाहामगरले सोही सभामा ‘सेभ द नेशन, बिल्ड द नेशन’भन्ने अभियान सुरु गरिएको घोषणा गर्दै यस अभियानमा कुनै जातजाती, धर्म वा संस्था नभनि एक नेपाली नागरिकका हैसियतमा जोडिन विश्वभरका नेपालीसमक्ष अपिल गरे । उनले नयां नेपाल निर्माणका लागि अब फुटेर होइन जुटेर विदेशस्थित सबै नेपालीको योगदान आवश्यक रहेको पनि बताए । उक्त कार्यक्रम महासचिव जुरेन्द्र खजुमले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!