नेपालमा जेनजी आन्दोलनबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि एनआरएनएको सहयोग अभियान [अपिलसहित]

SHARE:

लन्डन १५ सेप्टेम्बर २०२५ । महेशकुमार श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा जेनजी आन्दोलनबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि सहयोग अभियान थालेको छ ।

अध्यक्ष महेशकुमार श्रेष्ठले सोमबार अपिल जारी गर्दै ‘एनआरएनए नेपाल पुन: निर्माण अभियान’मार्फत राष्ट्र पुनर्निर्माण, प्रशासनिक सेवा पुनर्स्थापना र सुरक्षा सुनिश्चित गर्न योगदानका लागि अनुरोध गरेका हुन् । उनले गैरआवासीय नेपालीको सहयोग मात्र आर्थिक राहत नभई संकटग्रस्त नेपाली समुदायमा आशा, विश्वास र उज्ज्वल भविष्यको किरण ल्याउने विश्वास व्यक्त गरेका छन् ।

नेपालमा भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा ७२ जनाको मृत्यु, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, प्रहरी चौकीसहित सयौं सरकारी कार्यालय ध्वस्त भएका छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!