लन्डन, अल्डरसट १६ सेप्टेम्बर । बेलायत भ्रमणमा रहेका बिगेसो अध्यक्ष पदम सुन्दर लिम्बुको बिदाइ गरिएको छ ।
बिगेसो साउथ वेस्ट शाखा यूकेले शनिबार १३ सेप्टेम्बर २०२५ मा एक कार्यक्रमबीच बिगेसो अध्यक्ष लिम्बुलाई बिदाइ गरेको हो । अध्यक्ष लिम्बुलाई उपस्थित सबैजना सदस्यहरुले खादा ओढाइ शुभयात्राको कामना गरे ।
कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष लिम्बुले दोहोरो नागरिकता, ई–भिसा र आफ्नो संस्थाको गतिविधिबारे बोलेका थिए । अध्यक्ष लिम्बु केही महिनाअघि बेलायत भ्रमणमा आएका थिए ।
बिदाइ कार्यक्रमको अवसरमा संस्था नयाँ सदस्यता लिएकालाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।
कार्यक्रम शाखा अध्यक्ष खड्गजङ आङ्बोहाङले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा सचिव थानकुमान नाल्बो लिम्बु, क्याप्टेन रिटायर्ड राजु श्रेष्ठ, होमा लिम्बु, गजेन्द्र नेम्बाङ, लगायतको उपस्थिति रहेको थियो ।



