बीसीसी गुम्बा यूकेमा शुभारम्भ भयो पाँच दिने ञ्युङने मौन व्रत

SHARE:

लन्डन २४ सेप्टेम्बर २०२५ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेमा ५ दिने ञ्युङने व्रत सुरु भएको छ । बुधबार २४ सेप्टेम्बरबाट सुरु भएको व्रत आइतबार २८ सेप्टेम्बर समापन हुने छ ।

बौद्ध परम्परामा अत्यन्त महत्त्वपूर्ण मानिने व्रत बीसीसी युकेले प्रत्येक वर्ष आयोजना गर्दै आएको छ । सोहीअनुरुप यसवर्ष चौंथो पटक आयोजना गरिएको हो । व्रतलाई बीसीसी युकेका अध्यक्ष आङ्गदावा शेर्पा, आमा प्रमुख जगना गुरुङ, प्रमुख सल्लाहकार एवं व्रत संयोजक मेजर खुशीमान गुरुङले दीप प्रज्ज्वलन गरी शुभारम्भ गरे । व्रतलाई विधिवत रुपमा सम्पन्न गर्नका लागि बौद्ध अर्घौं सदन पोखराका ञ्युङने प्रमुख गुरु लामा हर्कजङ्ग घले र लामा प्रदीप गुरुङको विशेष उपस्थित रहेको छ । उनीहरु गतहप्ता बेलायत आइपुगेका हुन् ।

त्यस्तै, बीसीसी युकेका प्रमुख लामा खेन्पो छिरिङ्ग, लोपेन सोनाम, लोपेन वाङ्दी, खेन्पो छेवाङ्ग, लामा दिनेश गुरुङ, लामा अखिल गुरुङ, लामा शंकर गुरुङ, लामा युङडुङ छेवाङलगायत गुरुहरुले ञ्युङने पूजापाठ तथा जप साधना गर्दै आएका छन् ।

ञ्युङने मौन व्रत महायान उपषोध भगवान् बुद्धले उपदेश गर्नुभएको विनय पिटकमा आधारित महाअष्टशील पालना गरेर गुरु एकादशानन् आर्य अवलोकेतेश्वरको उपसना गरेर अनादिकालदेखि हामीसँग भएको पापवरण र क्लेशवरणलाई विशुद्ध बनाउन सक्ने बज्रयान बौद्ध धर्मको अपार पुण्य सञ्चय गर्ने साधना पद्ति हो ।

ञ्युङने मौन व्रत अभ्यासको क्रममा २ दिन अर्थात् ४८ घण्टामा पहिलो दिन एक छाक शाकाहारी शुद्ध भोजनगरी भोलिको दिन २४ घण्टासम्म एक थोपा पानी पनि नपिई मौन व्रत बसेर कठोर साधना गरिन्छ ।

बिहान ५ देखि साँझ ६ बजेसम्म चल्ने व्रतका लागि बीसीसी युकेका स्वंयसेवी आमाहरु सेवामा जुटिरहेका छन् । सँगसँगै व्रत सम्पन्न गर्नका लागि व्रतालू तथा विभिन्न भक्तजनहरुले नगद तथा जिन्सी प्रदान गर्दै आएका छन् । साथै मौन व्रतको क्रममा इच्छुक महानुभावहरुले व्रत तथा दर्शन गर्न सकिने बीसीसी युकेले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!