मगर महिला संघ युकेको अध्यक्षमा सरला राना मगर निर्विरोध निर्वाचित

SHARE:

 

मगर महिला संघ युकेको अध्यक्षमा सरला राना मगर निर्विरोध निर्वाचित भएका छन्। राना मगर गत आइतवार मगर महिला संघ युकेको चौथो अधिवेशनबाट पाचौं कार्यकालको लागि निर्विरोध निर्वाचित भएका हुन्। अधिवेशन बेलायतको पलमस्टेडस्थित मगर समाजको भवनमा सम्पन्न भएको हो।

उक्त अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा मनु पाइजा मगर, उपाध्यक्षमा गङ्गा थापा मगर, महासचिबमा सरस्वती थापा मगर, सचिबमा यामुना आले मगर, कोषाध्यक्षमा चन्द्रा घर्ति मगर, सहकोषाध्यक्षमा सरिता थापा मगर निर्विरोध निर्वाचित भएका छन्।

सदस्यहरुमा आशा थापा मगर, चन्द्रा पुन मगर, लिला थापा मगर, गीता पुन मगर, रिता थापा मगर, गीता पुन मगर, कविता घर्ति मगर, हेमा थापा मगर, टुक माया थापा मगर, दिल माया थापा मगर,  चित्र राना मगर, आरति राना मगर र कोमला देबी थापा मगर (चन्दा) निर्विरोध निर्वाचित भएका छन्।

अधिवेशनको पहिलो चरणमा मगर महिला २८ औं स्थापना दिवस मनाएको थियो भने दोस्रो चरणमा निर्वाचन मण्डलले पाचौं कार्यसमितिको नामावली घोषणा गरेका थिए। निर्वाचन मण्डलमा मगर महिला संघ युकेका पुर्व अध्यक्ष छबिमाया पुन मगर, मगर संघ युकेका निवर्तमान अध्यक्ष निर्मला थापा मगर र मगर संघ युकेका सल्लाहकार देबी आले मगर रहेका थिए।

अध्यक्ष सरला राना मगरलगायत सम्पूर्ण नवनिर्वाचित पदाधिकारी र कार्यसमितिहरुलाई निर्वाचन मण्डलले सपथग्रहण गराएका छन्।

आधिवेशनको पूर्ण सफलताको लागि प्रमुख अतिथिको आसनवाट मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुन मगर (लालु), संथापक अध्यक्ष थर्क राना मगर, मगर संघ युकेका वरिष्ठ उपाध्यक्ष रुद्र थापा मगर, पलमस्टेड शाखा अध्यक्ष खर्क पुन मगर, निर्मला थापा मगर, देबी आले मगर, छविमाया पुन मगर, वापा पदम बहादुर थापा मगर, नरमती पुन मगरले शुभकामना मन्तब्य दिएका थिए।

उक्त अधिवेशनमा समासेवी गिभिना मगरलाइ सम्मान गरिएको छ भने नेपालवाट बेलायत भ्रमणमा आएका चर्चित गायक युबराज मगरले उपस्थित सम्पूर्णलाई मनोरंजन दिएका छन्।

मगर महिला संघका अध्यक्ष बिष्णु श्रीसले अध्यक्षता गरेको अधिवेशनमा उपाध्यक्ष सरला राना मगरले स्वागत मन्तब्य दिएका थिए भने महासचिब मनु पाइजा मगरले कार्यक्रम संचालन गरेका थिए । त्यस्तै सरस्वती थापा मगरले आपतकालीन अवस्थाको वारेमा सचेत गराएका थिए।

कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय निवर्तमान युरोप संयोजक शान्ति थापा कुवर,पलमस्टेड शाखाका निवर्तमान अध्यक्ष दल थापा मगर, शोभा राना मगर, हिमा थापा मगरलगायत धेरैको उपस्थिति रहेको थियो।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!