मोना युके युथको १८ अक्टुबरमा ‘मोना देउसी भैलो कार्यक्रम २०२५’ हुने, चर्चित कलाकारको प्रस्तुति

SHARE:


लन्डन ९ अक्टुबर २०२५ । म्याग्दी संगठन मोना युके युथको आयोजनामा यही १८ अक्टुबरमा ‘मोना देउसी भैलो कार्यक्रम २०२५’ हुने भएको छ ।

कला, संस्कृति र संस्कार जगेर्ना गर्ने उद्देश्यले अल्डरसटस्थित द थमेल रेस्टुरेन्टमा मोना देउसी भैलो कार्यक्रम आयोजना गर्न लागिएको मोना युथ तथा मोना म्याग्दी भलिबल क्लब यूकेका अध्यक्ष तारा गर्बुजाले जानकारी दिए । उनका अनुसार कार्यक्रममा नेपालबाट आएका चर्चित लोक तथा दोहोरी गायिका जुना श्रीष मगर, बिग आइकन बिजेता गायक गगन पुन, मिस मगर नेपाल २०२२ विजेता नृत्यकार मिलन थापा मगर, स्थानीय गायक/गायिका र मोना युथ क्लब यूकेका कलाकारहरूको जोडदार प्रस्तुतिहरुको साथमा देउसी भैलो कार्यक्रम हुनेछ ।

कार्यक्रम १८ अक्टुबार शनिबार दिउँसो २ बजे हुनेछ ।

अध्यक्ष गर्बुजाले कार्यक्रममा उपस्थितिका लागि यूकेभरि छरिएर रहेका (म्याग्देली तथा गैरम्याग्देली) सम्पूर्ण आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरुलाई निमन्त्रणा गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!