मगर संघ युकेको दोस्रो त्रैमासिक बैठक सम्पन्न

SHARE:

बेलायत । सनिवार ११ अक्टुवर २०२५ को दिन मगर संघ युकेको दोस्रो त्रैमासिक बैठक जुम मार्फत सम्पन्न भएको छ।

बैठकको पहिलो चरणमा यस वर्ष दिवंगत भएका मगर संघ युकेका सदस्यहरु श्रीमती खिना राना, श्रीमती लक्ष्मी थापा, श्रीमती केशरी राना र जेन-जे आन्दोलनमा साहदत प्राप्त मगर भाइप्रति एक मिनेट मौनधारण गरिएको छ भने सोहि चरणमा बिभिन्न बिषयमा राम्रा कार्य गरेको तथा बिभिन्न पदहरुको जिम्मेवारी लिएका मगर संघ युकेका सदस्यहरुलाई बधाई दिएका छन्।

बैठकको दोस्रो चरणमा महासचिब गोमन पुन, कोषाध्यक्ष मोहन थापा, हाउजिङ कोषाध्यक्ष तोप पल्ली, मगर संघ युके अन्तर्गत गठन भएको बिभाग, भगिनी संगठन र शाखाहरुले आ-आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका छन् र उक्त सवै प्रतिवेदनहरु सर्वसम्मतद्वरा पारित भएको छ।

मगर संघ युके नेपाली मेला र नेपाल आदिवासी जनजाति महासंघ युकेको झाँकीमा प्रथम स्थानमा आउन सफल भएको र नेपाली मेलाको नृत्यमा चौथो स्थानमा आउन सफल भई £९०० पुरस्कार प्राप्त गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरेका छन्।

बैठकले संस्थापक अध्यक्ष, पुर्वअध्यक्ष, संरक्षक, ट्रष्टी र सल्लाहकारहरुलाई बिभिन्न बिधाहरुको जिम्मेवारी तोकिएको छ। त्यस्तै मगर संघ युकेले आगामी वर्षहरुमा नेपालका प्रथम शहिद लखन थापा मगरको संझनामा “लखन थापा स्मृति गल्फ कप” आयोजना गर्ने, मगर दिवस, नेपाली ओपन कन्सर्ट, मगर गट ट्यालेन्ट, जमिन खरिद, मगर भवन मर्मत, मगर मास्टर डिग्री तथा पिएसडी अक्षयकोषमा सहयोग गर्ने चन्दा दाताहरुको नामावली बोर्ड बनाउने जस्ता बिभिन्न बुँदाहरु ब्यापक छलफल भएको छ।

मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुन (लालु) ले अध्यक्षता गरेको बैठकलाई उपाध्यक्ष बिष्णु श्रीसले स्वागत मन्तब्य दिएका थिए भने महासचिब गोमन पुनले संचालन गरेका छन्। बैठकमा मगर संघ युकेका संस्थापक अध्यक्ष, पुर्वअध्यक्ष, संरक्षक, ट्रष्टी, सल्लाहकार, शाखा समितिका अध्यक्षहरुलगायत कार्यसमितिको उपस्थिति रहेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!