बेलायत । सनिवार ११ अक्टुवर २०२५ का दिन बेलायतको न्यूवरीस्थित हर्मितेज निवासी नेपालीहरुको दशैं तिहार पार्टीमा मेजर काजिमान लिम्बु एमसी र गायिका सुनिता लिम्बु सरिक भएका छन्। दशैं तिहार पार्टी बेलायतको न्यूवरीस्थित हर्मितेज हलमा सम्पन्न भएको छ।
दशैं तिहार पार्टीमा बेलायतमा जन्मिएका बालवालिकाहरुले नेपालको कला, भाषा, भेषभुषा र पहिचान बचाउनका लागि नेपालको राष्ट्रिय गीत गाउदै नेपालको मौलिक सांस्कृतिक झल्किने पोशाक पहिएर नेपाली गीतमा नृत्य गरेका छन् भने आमा समुहलगायत श्रीमान श्रीमतीको जोडीले बिभिन्न आकर्षक नृत्यहरु प्रस्तुत गरेका छन्।
दशैं तिहार पार्टीमा तिहारको झल्को मेटाउनको लागि देउसी भैलो, तास र डाइसको पनि ब्यावस्था गरिएको थियो।
दशैं तिहार पार्टी व्यवस्थापनको संयोजक समिर मगरले गरेका थिए भने सांस्कृतिक कार्यक्रमतर्फ अमृत रानाले संयोजन गरेका छन्।



