बृटिस गोर्खा नेपाली नागरिकता निरन्तरताले २६ अक्टुबरमा बेलायतमा च्यारिटी डिनर नाइट गर्ने

SHARE:

लन्डन १२ अक्टुबर २०२५ । बृटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी)ले यही २६ अक्टुबरमा बेलायतमा च्यारिटी डिनर नाइट गर्ने भएको छ ।

अल्डरसटस्थित एम्पायर हलमा २६ अक्टुबर आइतबारका दिन च्यारिटी डिनर नाइट आयोजना गरिने सीएनसीबीजीका अध्यक्ष थर्क रानाले जानकारी दिए । उनका अनुसार कार्यक्रम दिउँसो ४ देखि राति ९ बजेसम्म हुने छ ।

च्यारिटी डिनरबाट संकलित केही रकम नेपालमा गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा क्षति पुगेका संरचना पुनर्निर्माणका लागि प्रधानमन्त्री राहत कोषमा सहयोगस्वरूप प्रदान गरिने अध्यक्ष रानाले जनाए । साथै, केही रकम सीएनसीबीजीद्वारा सञ्चालित वंशजको नेपाली नागरिकता निरन्तरता अभियानका लागिसमेत खर्च गर्ने आयोजकले जनाएका छन् ।

कार्यक्रममा सहभागी हुन इच्छुकहरूले अक्टोबर १९ भित्र आफ्नो उपस्थिति निश्चित गरिसक्नुपर्नेछ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!