– नगेन्द्रराज नेम्वाङ
फार्नबोरो । किरात याक्थुङ्ग चुम्लुङ्ग (कियाचु) युकेको रसमुर शाखाले कियाचु केन्द्रलाई २० हजार पाउन्ड हस्तान्तरण गरेको छ ।
चुम्लुङ्गदेन खरीदका लागि शाखाले पहिलो किस्ता स्वरुप सो रकम शाखाका अध्यक्ष जीतप्रकाश नेन्याङ्गबोले आप्mनै निवासमा कियाचु केन्द्रका अध्यक्ष डिलसिं मेन्याङबोलेलाई हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा केन्द्रका सहअध्यक्ष तिलबिक्रम सम्बाहाङ्फे, कोषाध्यक्ष धन कुमार काम्बाङ्गको विशेष उपस्थिति रहेको थियो । बेलायतमा बसोबास गर्ने लिम्बुहरुको साझा भवन ‘चुम्लुङ्गदेन’ को सहयोगार्थ रकम संकलन गर्ने क्रममा कियाचु आस्फोर्ड शाखाले ५७ हजार ९८२ पाउन्ड, क्यान्टबरी शाखाले १० हजार ४९० पाउन्ड, ग्रेटर लन्डनले ३ हजार ४५० पाउन्ड, थरक शाखाले २ हजार ९०० पाउन्ड केन्द्रलाई हस्तान्तरण गरिसकेको केन्द्रका सहअध्यक्ष सम्बाहाङ्फेले जानकारी दिए ।
हालसम्म सबैभन्दा बढी ५००० पाउन्ड सहयोग गर्ने थानकुमार नाल्बोलाई अध्यक्ष दिलसिं मेन्याङबोले सिलाम साक्मा लगाई सम्मान गरेका थिए ।
त्यस्तै, रसमुर शाखाका अध्यक्ष मेन्याङ्बोले बाँकी रकम छिट्टै हस्तान्तरण गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा अध्यक्ष मेन्याङ्बो २० हजार पाउन्ड पहिलो किस्ता भएको बताउँदै अरु रकम तिब्र गतिले संकलन गरिने विश्वास व्यक्त गरे ।