
लन्डन २६ अक्टुबर २०२५ । सोंपाल समाज यूकेको हाउजिङ च्यारिटी नाइट कार्यक्रमवाट १ लाख पाउन्ड संकलन भएको छ । उक्त १ लाख पाउन्ड सोंपाल समाज युकेका पदाधिकारी, कार्यसमिति, सल्लाहकार, सदस्य र तमु धिं युकेका सदस्यहरुवाट संकलन भएको हो। च्यारिटी डिनर नाइट कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा शनिबार २५ अक्टुबर २०२५ को दिन सम्पन्न भएको हो ।
उक्त च्यारिटी डिनर नाइट, आपतकालीन स्थितिको वारेमा सूचना, आसनग्रहण, राष्ट्रिय गीत, दिप प्रज्वलनवाट शरु गरेका थिए।दिप प्रज्वलन सोंपाल समाजका अध्यक्ष जगदीश गुरुङ, गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका प्रमुख संरक्षक दिपक गुरुङ (डेबिट) सोंपाल समाज युकेका संथापक अध्यक्ष विजय गुरुङ, संस्थापक आमा समुहका अध्यक्ष नयन्द्र गुरुङ, तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समुहकी अध्यक्ष कमल देबी गुरुङ, तमु प्ये ल्हु संघ युकेका अध्यक्ष क्या. डेम बहादुर गुरुङले संयुक्त रुपमा गरेर कार्यक्रममको औपचारिक कार्यक्रम शुरु गरेका थिए।
औपचारिक कार्यक्रम सोंपाल समाज युके आमा समुहका अध्यक्ष नयन्द्र गुरुङ र आमा समुहका वर्तमान आमा समुहका अध्यक्ष मनदेबी गुरुङलगायत आमा समुहका सदस्यहरुले बौद्ध प्राथना गरेका थिए।
कार्यक्रममा तमु धीं यूकेलगायत संघ संस्था र व्यक्तिहरुले सहयोग गरेका समाजका अध्यक्ष जगदीश गुरुङले जानकारी दिए । उनले सहयोगबारे विस्तृत जानकारी पछि दिने बताएका छन् ।
च्यारिटी डिनर नाइट कार्यक्रममा तमु धीं यूके अध्यक्ष जुमकाजी गुरुङ, आमा समुहका अध्यक्ष कमला देबी गुरुङ संस्थापक अध्यक्ष मिन गुरुङ पूर्व र वर्तमान पदाधिकारी र संस्थागत गरी ४ हजार ६४४ पाउन्ड (नेरु ८,६८,१५४ बराबर) सहयोग भएको छ ।
उक्त सहयोग रकममा तमु धीं यके संस्थागत १००५ पाउन्ड, निवर्तमान अध्यक्ष हरि गुरुङ र निवर्तमान आमा समूहकी अध्यक्ष सन्ध्या गुरुङबाट ५५५, अध्यक्ष जुमकाजी गुरुङबाट ५२५ पाउन्ड, उपाध्यक्ष कमल गुरुङबाट ५०१ पाउन्ड, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङबाट ५०१ पाउन्ड, पूर्वअध्यक्ष ज्ञाम गुरुङबाट ५०१ पाउन्ड, पूर्वअध्यक्ष रामचन्द्र गुरुङ ५०१ पाउन्ड, तमु धीं यूके ह्याम्पसायर इकाइ अध्यक्ष महेन्द्र गुरुङबाट २५० पाउन्ड, तमु धीं यूकेका सदस्य भीमप्रसाद गुरुङबाट १०५ पाउन्ड, पूर्वअध्यक्ष नन्दजंग गुरुङबाट १०० पाउन्ड र सदस्य भोज गुरुङबाट १०० पाउन्ड योगदान गरेका हुन् ।
बेलायतमा च्यारिटी संस्थाको रुपमा दर्ता भएको सोंपाल समाज यूके सन् २००८ मा स्थापना गरिएको हो । सोंपाल समाज युकेले संथापन कालदेखि बिभिन्न महत्वपूर्ण कार्यहरु गर्दै आएको छ।
सोंपाल समाज यूकेका अध्यक्ष जगदीश गुरुङको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष भरत गुरुङको संयोजन र महासचिव क्या. मोहन गुरुङको सञ्चालनमा र सांकृतिक सचिब अंशु गुरुङको सांस्कृतिक कार्यक्रमसहित च्यारिटी डिनर नाइट सम्पन्न भएको थियो । कार्यक्रममा बेलायतवासी सोंपाल परिवार तथा आफन्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कायक्रममा तमु धिं युकेका संस्थापक अध्यक्ष मिन प्रसाद तमु, तमु समाज युकेका अध्यक्ष बिन्दु गुरुङ, साउथ इष्ट तमु धिं युकेका अध्यक्ष शिवराम गुरुङ एमबिइ लगायत धेरैको उपस्थिति रहेको थियो।



