
लन्डन ३० अक्टुबर २०२५ । ईलमपोखरी समाज यूकेको १६ औं वार्षिक साधारणसभा तथा ७ औं महाधिवेशन आगामी १५ नोभेम्बर २०२५ मा हुने भएको छ ।
अल्डरसटस्थित डि लाउन्ज रेस्टुरेन्ट एन्ड बारमा संस्थाको साधारणसभा तथा महाधिवेशन तय गरिएको अध्यक्ष परशु गुरुङले जानकारी दिए । कार्यक्रम बिहान साढे १० बजेदेखि सुरु हुने छ ।
संस्थाका सबै पदाधिकारी तथा सदस्यहरुलाई उपस्थित हुन अध्यक्ष गुरुङले आग्रह गरेका छन् । उनका अनुसार चियाकपी र खानाको समेत व्यवस्था रहेको छ ।


