नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रलगायत दलसँग एकता गर्ने निर्णय

SHARE:

काठमाडौँ ३१ अक्टोबर २०२५ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले नेकपा (माओवादी केन्द्र)लगायत दलसँग एकता गर्ने निर्णय गरेको छ ।

यही कात्तिक १२ देखि बसेको बैठकले एकता गर्नका लागि नेता व्यवस्थापनलगायत प्राविधिक विषयको टुङ्गो लगाउने जिम्मेवारी सचिवालय बैठकलाई दिने निर्णय गरेको हो ।

पार्टीमा चार सय १९ जनाको केन्द्रीय कमिटी बैठकमा बहुमत नेताहरूले एकताको पक्षमा धारणा राख्नुभएको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेता रामकुमारी झाँक्री, घनेन्द्र बस्नेत, विजय पौडेल, जीवनराम श्रेष्ठ, लक्ष्मण लम्साल, दामोदर अर्याल, अशेष घिमिरे, अकिल हुसेन खान, हरि पराजुलीलगायतका नेताले पार्टी पुनर्गठन गर्नुपर्नेमा जोड दिए ।

शुक्रबार सम्पन्न बैठकले संविधानको रक्षा तथा राजनीतिक व्यवस्थाको पक्षमा परिवर्तनकामी शक्तिसँग सहकार्य गर्ने निर्णय गरेको छ । नयाँ मनोनित केन्द्रीय सदस्यलाई शपथ गराइएको बैठकमा आन्तरिक विवाद समाधान, समसामयिक प्रस्तावहरू, राष्ट्रिय तथा अन्तरराष्ट्रिय घटनाक्रमबारे समीक्षा गरिएको थियो ।

मुलुकमा अहिलेको अन्योलतालाई अन्त गर्न चुनाव उत्तम विकल्प ठहर गरेको बैठकले सरकारले सबै दललाई विश्वासमा लिएर निर्वाचन गर्नुपर्ने माग गरेको छ ।

सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको बैठकले कम्युनिष्ट पार्टीप्रति जनताको भरोसा र विश्वास रहेकाले मुलुकको राजनीतिलाई जनताको पक्षमा ल्याउन कम्युनिष्ट शक्ति संवेदनशील हुन आग्रह गरेको छ ।

जेनजी आन्दोलनका क्रममा मृत्यु भएकालाई श्रद्धाञ्जली व्यक्त गर्दै बैठकले रविलक्ष्मी चित्रकारलगायत घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ । बैठकले विपिन जोशीको निधनमा दुःख व्यक्त गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!