जिआरएनसी युकेले बिर शहिदहरुको संझनामा स्मृति सभा सम्पन्न गरे

SHARE:

बेलायत – शनिबार, ८ नोभेम्बर २०२५ का दिन ग्रेटर रसमर नेपाली कम्युनिटी (जिआरएनसी) युकेले एल्डरसटस्थित प्रिन्सेस गार्डेनमा बिर शहिदहरुको संझनामा स्मृति सभा सम्पन्न गरेका छन् । यस स्मृति सभा सम्पन्न गर्नुको मुख्य उद्धेश्य विश्व शान्ति र स्वतन्त्रताको लागि जीवन अर्पण गर्ने वीर शहिदहरूको साहस र बलिदानलाई सम्मान गर्नु रहेको छ ।

सनिवार बिहान १० बजे जिआरएनसीका सदस्यहरुले स्मृति सभाका लागि अन्तिम तयारी गरेका थिए । १०:४० बजे सहभागीहरू प्रिन्सेस गार्डेनस्थित जीपी सर्जरीको कार पार्कमा भेला भइ १०:४५ बजे भिसी कुलवीर थापा मगरको स्मारकसम्म मार्च गरेका छन् ।

१०:५५ बजे,जिआरएनसीका पुर्व अध्यक्ष तथा ट्रस्टी रामधन राईले स्मृति सभाको वारेमा छोटो स्मृति वक्तब्य वाचन गरेका छन् भने ११:०० बजे सम्पूर्ण सहभागीहरूले बिरयोद्धाहरुको संझनामा दुई मिनेट मौन धारण गरेका छन् । मौन समाप्त भएपछि पाइपरले शोकगीत खेलेपछि पण्डित र लामा गुरूले सामूहिक प्रार्थना गरेका छन् ।

११:१५ बजे, जिआरएनसीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक उत्तर बहादुर गुरुङ र महासचिव सुनील रानाले गोरखा भिक्टोरिया क्रस (भिसी) हरुको वारेमा तयार पारिएकोसाइटेसन वाचन गरेपछि ११:२० बजेदेखि भिसी कुलबीर थापा मगरको स्मारकमा माल्यार्पण कार्यक्रम सम्पन्न भएको छ । उक्त स्मृति सभामा निम्न तलका समुहहरुले माल्यार्पण तथा रिथ अर्पण गरेका छन्।

समूह ए: मा
सांसद, एलेक्स बेकर
मेयर रसमरबोरो काउन्सिल, क्यालम स्टुअर्ट
अध्यक्ष जिआरएनसी, लिला सेलिङ मावो
जिएमपीका ट्रस्टी रामधन राई
काउन्सिलर ग्यारेथ विलियम

समूह बि: मा
एल्डरसट ग्यारिजन कमान्डर ले. कर्नल स्टुअर्ट म्याकफर्सन
कमाण्डिङ अफिसर QOGLR,
गोर्खा मेजर QOGLR,
आरएसएम QOGLR,
मूर्तिकार श्रीमती एमी गुडम्यान
लेवर पार्टी लिडर
लिवदेम पार्टी लिडर
कन्जरभेटिब पार्टी लिडर
काउन्सिलर ले. कर्नेल डिक ब्राउन
काउन्सिलर ले. कर्नेल

समूह सी: मा
एनआरएनए अध्यक्ष, अनिल मल्ल
अध्यक्ष तमु धिं युके, जुमकाजी गुरुङ
अधय्स्क मगर संघ युके लाल पुन
अध्यक्ष केवाईसी रसमर थान्कुनान नाल्बो
अध्यक्ष किरात रे यायोक्खा रसमर खडक राई
गोर्खा ब्रिगेड बिभिन्न इन्टेकका अध्यक्षहरु

समूह डि: मा
बेलायतमा स्थापित बिभिन्न संघ संस्थाहरु र गोरखा आमा समुह, नेतृ श्रीमती धन माया गुरुङलगायत उपस्थित सम्पूर्णले फूल र माला चढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् भने स्मृति सभाको संयोजक उपाध्यक्ष श्री उत्तर बहादुर गुरुङ र महासचिव श्री सुनील रानाले गरेका थिए ।

यस स्मृति सभाले रसमरबोरो काउन्सिल वरपर बस्ने गोरखा समुदाय र एल्डरसटका स्थानीय जनताबीचको गहिरो सम्बन्ध, सेवा, बलिदान तथा स्मरणको भावनाले सबै पुस्तालाई जोड्ने एक अमूल्य क्षणको रूपमा स्मरण गराएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!