लन्डन १५ नोभेम्बर २०२५ । नेपाली पर्या साहित्य प्रतिष्ठानको पहिलो औपचारिक समिति चयन गरिएको छ ।
प्रतिष्ठानको पहिलो औपचारिक बैठकले बेलायत निवासी विजय हितानको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । नेपाल, भारत, हङकङ र बेलायतमा बसोबास गर्दै आएका प्राज्ञ, समालोचक, शिक्षक, कवि, वातावरण अभियन्ता तथा प्रकृतिप्रेमीहरू समितिमा आबद्ध छन् ।
१. विजय हितान – अध्यक्ष (बेलायत)
२. राधिका कल्पित – उपाध्यक्ष (काठमाडौँ)
३. डा. देवेन सापकोटा – उपाध्यक्ष (असम)
४. भावेश भुमरी – महासचिव (काठमाडौँ)
५. डी.बी. गुरुङ – सचिव (बुटवल)
६. राजेन्द्र भट्ट – सचिव (धादिङ)
७. लक्ष्मी रुम्बा – कोषाध्यक्ष (काठमाडौँ)
८. महेश पौड्याल – सदस्य (काठमाडौँ)
९. गङ्गा पोखरेल – सदस्य (बुटवल)
१०. डा. अशोक थापा – सदस्य (काठमाडौँ)
११. पुरुषोत्तम उपाध्याय दहाल – सदस्य (असम)
१२. डा. नाज सिङ – सदस्य (सिराहा)
१३. इन्द्र चौधरी – सदस्य (कञ्चनपुर)
१४. जानू काम्बाङ लिम्बू – सदस्य (हङकङ)
१५. कृष्ण बाउसे – सदस्य (काठमाडौँ)
१६. सरिता घिमिरे – सदस्य (काठमाडौँ)
१७. यशोदा राई – सदस्य (काठमाडौँ)
बैठकले संरक्षक, सल्लाहकार पनि चयन गरेको छ ।
संरक्षक
१. प्रा. डा. गोविन्दराज भट्टराई (काठमाडौँ)
२. ज्ञानबहादुर क्षेत्री (असम)
सल्लाहकार
१. डा. गीता त्रिपाठी (काठमाडौँ)
२. प्रा. डा. विष्णु एस. राई (काठमाडौँ)
३. भूपिन (चितवन)
४. डा. देवचन्द्र सुब्बा (सिक्किम)
कार्यसमिति
बैठकमा सहभागीहरूले परिचय आदान–प्रदान गर्दै प्रतिष्ठानको उद्देश्य, आगामी योजना तथा कार्यदिशामाथि विस्तृत छलफल गरेको अध्यक्ष हितानले बताए । ।
नेपाली पर्या साहित्य प्रतिष्ठानको स्थापना घोषणा वि.सं. २०८० मा सम्पन्न आठौँ वातावरण साहित्य गोष्ठीमा गरिएको थियो। करिब एक दशक स्वयम्सेवी समूहका रूपमा सञ्चालन हुँदै आएको यो अभियान अब आएर औपचारिक संस्थागत रूप लिन सफल भएको हो ।
प्रतिष्ठानको मूल उद्देश्य पर्यावरणीय लेखन (इको–राइटिङ) लाई प्रोत्साहन गर्दै वातावरणीय समस्या, तिनका कारण र समाधानबारे साहित्यिक माध्यमबाट जनचेतना जगाउने रहेको छ। पृथ्वीको संरक्षण र वातावरणीय सचेतनालाई साहित्यमार्फत् सुदृढ बनाउने लक्ष्य प्रतिष्ठानले अघि सारेको छ। अध्यक्ष विजय हितानले भने, “दुई वर्षको तयारीपछि हामीले औपचारिक टिम गठन गर्न सफल भएका छौँ। प्रतिष्ठानको उद्देश्यलाई व्यवहारमा उतार्न सबैको सहकार्य अत्यावश्यक छ।”
प्रतिष्ठानले वातावरण साहित्य गोष्ठीलाई निरन्तरता दिने, पर्या साहित्यका कथा, कविता, उपन्यास, सिद्धान्त र नियात्राका कृतिहरू प्रकाशन गर्ने, नयाँ लेखकमाथि विशेष रूपले ध्यान दिने, साथै वातावरण संरक्षण सम्बन्धी गतिविधिमा अन्य संस्थासँग सहकार्य गर्ने योजना बनाएको छ । वि.सं. २०८२ जेठमा दशौँ वातावरण साहित्य गोष्ठी सम्पन्न गरिएको थियो।
प्रतिष्ठानले निकट भविष्यमा पर्यावरणीय साहित्यलाई मुख्यधारमा ल्याउने उद्देश्यसहित देश–विदेशमा कार्यक्रम र प्रकाशन गतिविधि विस्तार गर्ने तयारी गरेको जनाएको छ।


