एनआरएनए यूकेद्वारा २ हजार ६६६ पाउन्ड युविन तामाङका बुबाआमालाई हस्तान्तरण

SHARE:

लन्डन १८ नोभेम्बर २०२५ । बेलायतमा कार दुर्घटनामा ज्यान गुमाएका २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङका परिवारलाई प्रेम गाहामगर नेतृत्वको एनआरएनए यूकेले संकलित सहयोग रकम औपचारिक रुपमा हस्तान्तरण गरेको छ।

संघको कार्यालयमा सम्पन्न कार्यक्रममा जम्मा भएको २६६६.२५ पाउन्ड युविनका बुबाआमा विकास तामाङ र शर्मिला मगर तामाङलाई बुझाइएको हो । शव नेपाल पठाउने र अन्तिम संस्कारका खर्चमा सहयोग पुर्‍याउन समुदायले एकजुट भएर यो रकम संकलन गरेको थियो।

कार्यक्रममा एनआरएनए यूकेका कार्यवाहक अध्यक्ष अनिल मल्ल र महासचिव जुरेन्द्र खजुम उपस्थित थिए । उनीहरुले बेलायतमा रहेका नेपालीहरुद्वारा देखाइएको साथ र एकताप्रति आभार व्यक्त गरे । उनीहरुको भनाइ थियो, “सबैको सानो-ठूलो सहयोगले परिवारलाई ठोस राहत पुगेको छ। यो समुदायको मानवीय भावनाको स्पष्ट उदाहरण हो।”

रकम ग्रहण गर्दै युविनका बुबाआमाले समुदाय र एनआरएनए यूकेको तर्फबाट प्राप्त साथ र माया प्रति गहिरो कृतज्ञता व्यक्त गरे। “कठिन घडीमा साथ दिएको सबैलाई हार्दिक धन्यवाद,” उनीहरुले भने।

एनआरएनए यूकेले घटनासंग सम्बन्धित कानूनी प्रक्रिया निष्पक्ष रुपमा अघि बढोस् भन्ने अपेक्षा व्यक्त गर्दै युविन तामाङको आत्माको शान्तिको कामना गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!