बेलायतमा नेपाली महिला फुटबलकी गौरव एन्जीला तुम्बापो सुब्बा सम्मानित

SHARE:

लन्डन १८ नोभेम्बर २०२५ । नेपाली खेलकुदलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउन महत्त्वपूर्ण भूमिका खेल्ने पूर्वकप्तान एन्जीला तुम्बापो सुब्बालाई एक विशेष समारोहमा सम्मान गरिएको छ ।

किरात याक्थुङ चुम्लुङ यूकेको सहकार्यमा आयोजित कार्यक्रममा एनआरएनए यूकेका कार्यवाहक अध्यक्ष अनिल मल्ल र महासचिव जुरेन्द्र खजुमले एन्जीलालाई सम्मानपत्र प्रदान गरे । यस्तै किरात याक्थुङ चुम्लुङ यूकेकी अध्यक्ष कमला सेन्दाङले पनि तुम्बापोलाई सम्मानपत्र दिएकी थिइन् ।

सोही कार्यक्रममा “एन्जीला” फिल्मका निर्देशक मिलन चाम्स, नायिका सिर्जना सुब्बा र अभिनेत्री रन्जीता साउदेनलाई पनि सम्मान गरिएको थियो । १६ नोभेम्बर २०२५ मा सम्पन्न यो कार्यक्रममा सहभागी सबैले प्रेरणा र गौरवको अनुभूति गरे।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!