
लन्डन २२ नोभेम्बर २०२५ । तमु धीं यूकेको २५औं साधारणसभा आउँदो डिसेम्बर १३ तारिखमा हुने भएको छ ।
मिचेटस्थित तमु धीं भवनमा बिहान ११ बजेदेखि साधारणसभा सुरु हुने महासचिव डा. विशाल गुरुङले जानकारी दिए । उनका अनुसार साधारणसभाबाट संस्थाका हालसम्मका गतिविधिहरुको समीक्षा र भावी कार्ययोजनाहरु तर्जुमा गरिने छ ।
तमु धीं यूकेमा गत वर्ष जुमकाजी गुरुङ नेतृत्वको कार्यसमिति निर्वाचित भएपछि अहिले पहिलोपटक साधारणसभा हुन लागेको हो । तमु धीं यूके अध्यक्ष जुमकाजी गुरुङले वार्षिक साधारणसभामा सहभागी हुन सम्बन्धित सबैलाई आह्वान गरेका छन् ।
साधारणसभामा तमु धीं यूकेको केन्द्रीय समितिसँगै सबै इकाइहरुबाट अध्यक्ष, कार्यसमितिका पदाधिकारी र सदस्यहरु, सल्लाहकारहरु, ट्रष्टीहरु, पूर्वअध्यक्षहरु लगायतको सहभागिता रहनेछ ।






