लोकप्रिय गायिका दुर्गा गुरुङ र गायक नरेश गुरुङको ‘ङिला रोधिरी’ गीत सार्वजनिक

SHARE:

काठमाडौं २३ नोभेम्बर २०२५ । लोकप्रिय गायिका दुर्गा गुरुङ र गायक नरेश गुरुङको ‘ङिला रोधिरी’ गीत सार्वजनिक भएको छ ।

काठमाडौंमा आइतबार एक कार्यक्रमबीच ‘ङिला रोधिरी’ दुर्गामाया गुरुङ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । केशबहादुर गुरुङको शब्द र संगीतमा तयार पारिएको गीतमा दुर्गा र नरेशले स्वर दिएका छन् ।

सामूहिक आवाज भीमकला गुरुङ, टीका गुरुङ, शिशिर गुरुङ, मनाङ गुरुङको रहेको छ । एरेन्ज, रेकर्डिङ, मिक्सिङ, मास्टरिङ तेजेन्द्र गुरुङको रहेको छ । अभिनय आनन्द गुरुङ, कृष गुरुङ, बबिता गुरुङ र दीपशिका गुरुङले गरेका छन् भने स्टोरी, डिरेक्सन र कोरियोग्राफीमा उमेश गुरुङले भूमिका खेलेका छन् ।

सम्पादन रोशन धितालको रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!