सहारा यूकेको वार्षिक च्यारिटी डिनर नाइटमा एस.के. गुरुङ सम्मानित

SHARE:

लण्डन, युके – सहारा यूकेद्वारा २२ नोभेम्बर २०२५मा आयोजित वार्षिक च्यारिटी डिनर नाइटका अवसरमा ल्वाङ गाउँ (Lwang Village) पर्यटन बोर्डको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्री एस.के. गुरुङलाई विशेष सम्मान प्रदान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि, युकेस्थित नेपालका डिपुटी चीफ अफ मिशन (DCM) विपिन दुवाडी र सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङले गुरुङलाई Certificate of Appreciation प्रदान गर्दै उनको नेतृत्व, कठिन परिश्रम र निरन्तर समर्पणको प्रशंसा गरेका थिए।

एस.के. गुरुङको दूरदर्शी नेतृत्व र सक्रियताले ल्वाङ गाउँलाई नेपालको ग्रामीण पर्यटनका गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुर्‍याएको छ। Lwang Village पर्यटन बोर्डको व्यवस्थापनमा उनको योगदानले गाउँको पहिचान मात्र उकासेको छैन, सहारा यूकेको प्रतिष्ठालाई पनि नयाँ उचाइमा पुर्‍याएको बताइएको छ।

गुरुङको पहलले सहारा यूके र स्थानीय समुदायबीच दिगो सहकार्यको आधार निर्माण गरेको अध्यक्ष गुरुङले बताए। संस्थाका प्रतिनिधिहरूले उनको योगदानप्रति “हृदयदेखि कृतज्ञता” व्यक्त गर्दै भविष्यमा पनि यस्ता प्रेरणादायी कार्य निरन्तर हुने आशा व्यक्त गरे।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!