“त ल्हो” ल्होछार महोत्सव कार्यक्रम

SHARE:

परशु गुरुङ – बेलायत।

बिगतका बर्षहरुमा झैं यस बर्ष पनि ईलम पोखरी समाज यूकेले “त ल्हो” ल्होछार महोत्सव कार्यक्रम गर्ने भएको छ। उक्त ल्होछार कार्यक्रम सनिवार २० डिसेम्वर २०२५ को दिन बेलायतको अल्डरसटस्थित Empire Hall Aldershot मा आयोजना गर्ने भएको छ ।

ल्होछार कार्यक्रम सर्प वर्गको बिदाई गर्दै घोडा वर्ग अनि सन् २०२६ को सुखद अगमनको उपलक्ष्यमा विविध कार्यक्रमहरुको साथमा र लमजुंग समाजको अध्यक्ष पूर्ण राज गुरुङको प्रमुख अतिथ्यमा सम्पन्न हुनेछ।

कार्यक्रममा चर्चित तथा लोकप्रिय कलाकार तिलक गुरुङको संगीतिक धमाका र स्थानीय नानीहरुको आकर्षक नृत्य प्रस्तुति, भाग्योदय चिट्ठा, यस बर्ष GCSE, Graduation, Masters र PhD गरेका नानीहरुलाई बधाई तथा सम्मान गर्ने कार्यक्रम पनि समाबेश गरिएको छ ।

हाम्रो मौलिक पर्व ल्होछार महोत्सव तथा नयां बर्षलाई स्वागत गर्दै रमाईलो गर्ने र शुभकामना आदन प्रदान गर्ने अवसरमा समाजका सम्पूर्ण महानुभवहरु उपस्थित भईदिनुहुन बिनम्र अनुरोध गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!