अनेसासले डिसेम्बर ६ मा हजुरबा-आमा दिवस मनाउने

SHARE:

सुरेन उप्रेती
लन्डन १ डिसेम्बर २०२५ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आयोजनामा यही मंसिर २१ (डिसेम्बर ६)मा हजुरबा-आमा दिवस मनाइने भएको छ ।

जुम र फेसबुकमार्फत कार्यक्रम आयोजना गरेर दिवस मनाइने तयारी गरिएको हो । नेपाली समयअनुसार आइतबार ६:४५ र अमेरिका पूर्वीय समयानुसार शनिबार बेलुका ८ बजे कार्यक्रम हुने अनेसासले जनाएको छ ।

अनेसास केन्द्रको आयोजनामा जुममार्फत विभिन्न देश र सहरहरूमा तथा घरघरमा हजुरबुबा, हजुरआमालाई उपहार मिष्ठान्न भोजन फलफूल दिने र दिनभरि उनीहरूका कुरा सुन्ने मन्दिर र पर्यटकीय ठाउँहरू घु्म्ने कार्य गर्दै मनाइने छ ।

सन् २०२२ को भानु जयन्तीका दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्यानडाले मंसिरको तेस्रो हप्ता शनिबारलाई हजुरबुबा हजुरआमा दिवस मनाउने घोषणा गरेको थियो ।

२०२२ र २०२३ मा क्यानडा अमेरिका, अष्ट्रेलिया र नेपालका केही स्कुल र परिवारहरूले भर्चुअल र प्रत्यक्ष रूपमा दिवस मनाए । २०२३ को हजुरबुबा हजुरआमा दिवसलाई अनेसास केन्द्रले समन्वय गरी मनाइएको थियो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!