बेलायतमा यौन अपराधमा एक नेपाली दोषी ठहर, २५ वर्षको कैद सजायको फैसला

SHARE:

लन्डन ३ डिसेम्बर २०२५ । बेलायतस्थित क्याम्ब्रिज क्राउन कोर्टले बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई काराबासको सजाय सुनाएको छ ।

काठमाडौं पुर्ख्यौली घर भएका र हाल पिटरबरो निवासी ४९ वर्षीय प्रमोद ढकाललाई सात जना बालिका र एक महिलामाथि यौन दुराचार गरेको अभियोगमा सजाय सुनाइएको हो । उनीमाथि ८ वर्षीया बालिकासमेत बलात्कार गरेको आरोप छ ।

अदालतका अनुसार ढकाल २५ वटा यौन अपराधमा दोषी ठहर भएका छन्। अदालतले उनलाई २५ वर्षको कैद तथा थप ८ वर्ष ‘लाइसेन्स अवधि’ (निरन्तर कानुनी निगरानी) सहितको सजाय सुनाएको हो । उनले गरेका अपराधहरूमा १३ वर्षमुनिका बालिकामाथि पाँच पटक बलात्कार, १३ वर्षमाथिका बालिकामाथि दुई पटक बलात्कार तथा अन्य यौन दुराचारका घटना समावेश छन्। बिबिसीका अनुसार अधिकांश अपराध पिटरबरोमै भएका थिए भने एक पीडितलाई लन्डनमा गएर दुराचार गरिएको थियो।

न्यायाधीश मार्क बिशपका अनुसार यसअघि कुनै पनि अपराधमा संलग्न नरहेका ढकालले अदालतमा सबै आरोप अस्वीकार गरेका थिए। ढकाल विगत केही वर्षदेखि पिटरबरो क्षेत्रमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!