मनसुधन थापामगर बने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्ष

SHARE:

लन्डन ८ डिसेम्बर २०२५ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चुनिएका छन् ।

युके शाखाको आइतबार २१ मंसिर २०८२ (७ डिसेम्बर २०२५) मा सम्पन्न भएको ११औं वार्षिकसाधारणसभा तथा पाँचौं अधिवेशनले मनसुधन थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको निर्वाचन समितिले जनाएको छ ।

कार्यसमिति प्रथम उपाध्यक्षमा कल्पना श्रीपाल, द्वितीय उपाध्यक्षमा चन्द्रबहादुर गुरुङ र महिला उपाध्यक्षमा कौशिला थापा चुनिएका छन् भने सचिव रेशमबहादुर पाचे मगर, सहसचिव धर्म लामा गुरुङ, महिला सचिव निता गुरुङ, कोषाध्यक्ष जीतबहादुर काउचा र सह-कोषाध्यक्षमा भिम आले मगर चयन भएको निर्वाचन समितिका संयोजक अनिल मल्लले जनाए ।

सदस्यहरूमा मिन गुरुङ,दिनेश गुरुङ, कुमार गुरुङ, तारा गर्बुजा, रूक आले, निर्मला राना, सन्तोष पुन, पवन राना, भुपी पौडेल, आश्मा छन्त्याल, निरूशा भट्टराई, खेम आले, श्रृजना गुरुङ, बेनिता गुरुङ, यज्ञ बिक र रेखा कोइराला चुनिए ।

नयाँ कार्यसमिति चयन गर्नका लागि अनिल मल्लको संयोजकत्वमा निर्वाचन कमिटी बनाइएको थियो । अधिवेशन उद्घाटन सत्र निवर्तमान अध्यक्ष लक्षमण रानाको अध्यक्षतामा भएको थियो । नयाँ कार्यसमितिको कार्यकाल वि.सं. २०८२-२०८५ (सन् २०२५-२०२८) सम्म रहनेछ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!