जनजाति, दलित, मधेसीलगायत छ संवैधानिक आयोगमा सचिव तोकिए, केही दिनमा कार्यालय सञ्चालनमा आउने

SHARE:

सरकारले ६ वटा संवैधानिक आयोगमा सचिव तोकेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आइतबार मन्त्रालयका ६ सहसचिवलाई नै ती आयोगमा सचिवको रुपमा काम गर्ने गरी जिम्मेवारी दिएका हुन् ।

मन्त्रालयका अनुसार दलित आयोगमा पुरुषोत्तम नेपाल, समावेशी आयोगमा सुरेश अधिकारी, मुस्लिम आयोगमा केदारप्रसाद पनेरु, मधेसी आयोगमा भूपाल बराल, आदिवासी जनजाति आयोगमा रुद्रसिंह तामाङ र थारु आयोगमा रुपनारायण भट्टराईलाई सचिवको रुपमा काम गर्न जिम्मेवारी दिइएको हो ।

मन्त्रालयका प्रवक्तासमेत रहेका सुरेश अधिकारीका अनुसार सचिवहरुलाई आयोगका लागि आवश्यक पर्ने कार्यालय, फर्निचर, कर्मचारी र मापदण्डलगायत तयारी गर्ने जिम्मेवारी दिइएको छ । यसअघि नै सामान्य प्रशासन मन्त्रालयले सबै आयोगमा करिब ३० जना निजामती कर्मचारी रहने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) गरिसकेको छ ।

अधिकारीका अनुसार ओएन्डएममा सहसचिव नै आयोगको सचिव रहने व्यवस्था गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!