
फाइल फोटो
लन्डन १२ डिसेम्बर २०२५ । भूतपूर्व ब्रिटिश गोर्खाहरुका माग सम्बोधनका लागि १६ डिसेम्बर २०२५ मा बेलायतको रक्षा मन्त्रालयमा त्रिपक्षीय वार्ताको तयारी भइरहेको बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवादीले जानकारी दिएका छन्।
गत वर्ष २७ मार्च २०२४ यता हुन नसकेको मन्त्रीस्तरीय वार्ताले आउँदो साता निरन्तरता पाउन लागेको हो। राजदूत विपिन दुवाडीका अनुसार बेलायत र नेपाल सरकार एवं गोर्खा प्रतिनिधिहरुबीच आगामी १६ डिसेम्बर दिउँसो रक्षा मन्त्रालयमा त्रिपक्षीय वार्ता तय भएको छ ।
दिउँसो २.३० देखि ३.१५ बजेसम्म रक्षा मन्त्रालय (एमओडी बिल्डिङ) मा वार्ता हुने उनले जनाएको । वार्तामा बेलायत सरकारको नेतृत्व भेट्रान मन्त्री लुइस स्यान्डर जोन्स र नेपाल सरकारका तर्फबाट कार्यवाहक दुवाडीले नेतृत्व गर्नेछन् । त्यस अवसरमा केही गोर्खा प्रतिनिधिहरु पनि सहभागी हुनेछन् ।
गोर्खाहरुले ‘अफोर्डेबल सोलुसन’, आर्मर्ड फोर्स पेन्सन स्किमबाट जिपिएस (गोर्खा पेन्सन स्किम), रिडन्डेन्सीमा गएकालाई वान अफ प्याकेज दिने, १० वर्ष बढी नोकरी गरेकालाई स्टेट पेन्सन, सन् १९७५ देखि ५ वर्ष सेवा गरेकालाई प्रिजर्भ पेन्सन, हवाई काण्डमा घर पठाइएका १२१ जनालाई प्रिजर्भ पेन्सन दिनुपर्नेलगायत बिधुवाहरुलाई पनि समेट्ने माग अघि सारेको छन् ।


