लन्डन १३ डिसेम्बर २०२५ । नेपाल मगर लेखक संघको १६ औं साधारणसभा तथा महाधिवेशन शनिबार (२७ मंसिर) मा हुँदैछ ।
नेपाल मगर संघ केन्द्रीय समितिको भवन कलंकीमा साधारणसभा तथा महाधिवेशन हुन लागेको हो । कार्यक्रममा विभिन्न प्रतिवेदनमाथि र कार्यसमितिबारे पनि छलफल हुने जनाइएको छ ।
महाधिवेशनमा देशभरका मगर लेखकहरु सहभागी हुने छन् ।


