टी–२० विश्वकप छनोट खेल्ने नेपाली खेलाडीको नाम घोषणा

SHARE:

काठमाडौँ ४ जनवरी २०२६ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला टी–२० विश्वकप २०२६ को छनोट खेल्ने १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको जनाएको छ । टोलीको उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिएको छ ।
घोषित खेलाडीमा रुबिना क्षेत्री, सीता रानामगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरी र मनिषा उपाध्याय रहेका छन् ।

विश्वकप २०२६ छनोट यही जनवरी १४ देखि फेब्रुअरी १ तारिखसम्म नेपालमै आयोजना हुँदैछ । प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान तथा मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!