मेडिस्टोनमा मगर संघ युके केन्ट शाखाको माघे सङ्क्रान्ती भब्य तयारी

SHARE:

तुलसी राज राना मगर – बेलायत

मगर समुदायमा विशेष गरी धुमधामले मनाउने साँस्कृतिक चाड मध्य माघे सङ्क्रान्ती पहिलो नम्बरमा आउछ। देशमा होस या विदेश जहाँ जहाँ मगरहरु छरिएर बसेका छन् ती सबै ठाउँहरूमा मगरहरुले माघे सङ्क्रान्ती धुमधामले मनाउने गर्दछन् ।

सस्थागतरुपमा बर्षेनी मनाउदै आइरहेको माघे सङ्क्रान्ती यो बर्ष मगर संघ यूके केन्ट शाखाले जनवरीको १७ तारिकका दिन धुमधामले मनाउने भएको छ । मेडिस्टोनको मोटपार्क स्थित लेजर सेन्टरको हलमा भब्य तयारीका साथ उक्त दिन नेपाल बाट यूके आएकी चर्चित लोकदोहरी गायिका निरा थापा मगरको सांस्कृतिक कार्यक्रममा विशेष सहभागिता रहने छ ।

उक्तदिन मगरहरुले माघे सङ्क्रान्तीमा खाईने माघे परिकारको साथमा मनोरन्जनात्मक कार्यक्रम मुख्य रहने छ । कार्यक्रमलाई थप रौनकता दिन धौलागिरी नौमती बाजालाई पनी निमन्त्रणा गरिएको छ ।

विगतका बर्षहरुमा झै यो बर्ष पनी मगर संघ यूके केन्ट शाखाले शैक्षिक क्षेत्रमा सफलता हासिल गरेका मगर विधार्थीहरुलाई सम्मान गर्ने भनेका छन् । मगर संघ यूके केन्ट शाखाका अध्यक्ष रिटाएर्ड मेजर प्रेम आले एमभीओ ज्यूले केन्ट शाखालाई अनवरत रुपमा हातेमालो गर्दै यो स्थानमा ल्याउने सम्पुर्ण मगर अग्रजहरुको पनी कार्यक्रममा सम्मान गरीने जानकारी गराएका छन् भने मगर – अमगर केन्टवासी नेपाली समुदाय सबैजना मिलेर उक्तदिन माघे सङ्क्रान्ती मनाउन निमन्त्रणा पनी दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!