गगनकुमार थापा नेपाली कांग्रेसको सभापतिमा निर्विरोध निर्वाचित

SHARE:

काठमाडौं १४ जनवरी २०२६ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा भएको छ ।

बुधबार मध्यराति निर्वाचन समितिका संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गरेका हुन् । उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल, महामन्त्रीमा प्रदिप पौडेल र गुरुराज घिमिरे, सह–महामन्त्रीमा डा.डिला संग्रौला पन्त, प्रकाश रसाईली स्नेही, बहादुरसिंह लामा, उदयशम्शेर राणा, मुक्ताकुमारी यादव, फर्मुल्ला मन्सुर, योगेन्द्र चौधरी र कर्ण बहादुर बुढा चयन भए ।

नवनिर्वाचित सभापति थापाले पार्टीमा नेता, कार्यकर्ताको शिर झुक्न नदिने प्रतिबद्धता जनाए। । उनले भने ‘नेपाली कांग्रेसको सभापतिको नाम लिँदामात्रै पनि गर्वले छाति फराकिलो हुन्छ । यो सानो जिम्मेवारी होइन । म इमानदारीतापूर्वक भन्छु, जुन विश्वासको साथ यो जिम्मेवारी सुम्पिनुभएको छ । कसैको पनि शिर झुक्न दिने छैन । नेपाली कांग्रेसको शान राख्छु ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!