सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सोडारी आउट, सुवेदी इन

SHARE:

काठमाडौं । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीलाई मंगलबार मन्त्री पदबाट हटाइएको छ । हटाइनुको कारणबारे भने प्रष्ट जानकारी दिएको छैन ।

भाइटीकाको दिन मन्त्री चढ्ने गाडी दुर्घटना भएको विषयलाई लिएर मन्त्री सोडारीलाई पदमुक्त गरिएको अनुमान छ । त्यस दिन से३प २४२० नम्बरको मोटरसाइकलसँग ठोक्किएर मन्त्रीको स्कारपियो जीप पूर्व–पश्चिम राजमार्गस्थित बढैपुरमा दुर्घटना भएको थियो । दुर्घटनामा जीप चालक धोजेन्द्र शाह, उनकै भान्जी नाता पर्ने १० वर्षीया आयुश्मा र मोटरसाइकल चालक सुरेन्द्र चन्द घाइते भएका थिए ।

सुवेदी नियुक्त

सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा कृष्णराज सुवेदी नियुक्त भएका छन् । मंगलबार मन्त्री दीर्घ सोडारीलाई पदबाट हटाइएपछि सुवेदीलाई नियुक्त गरिएको हो । नवनियुक्त सुवेदीले म‌ंगलबार नै पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री सुवेदीलाई शपथ खुवाए । शपथ कार्यक्रममा प्रदेश प्रमुख मोहनराज मल्ललगायतको उपस्थिति थियो । नवनियुक्त मन्त्री सुवेदी कैलाली क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

यसअघि प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई पनि जिम्मेवारी पूरा नगरेको तथा मुख्यमन्त्रीलाई दुर्व्यवहार गरेको भन्दै हटाइएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!