मर्दिखोला सेवा समिति कास्की–हङकङको ११औँ अधिवेशन सम्पन्न, भीमसेन गुरुङ अध्यक्षमा निर्वाचित

SHARE:

हङकङ, SK Gurung ,  १८ जनवरी २०२६ — मर्दिखोला सेवा समिति कास्की–हङकङको ११औँ अधिवेशन आइतबार हङकङस्थित ब्लु ओसन रेस्टुरेन्ट, जोर्डनमा भव्य रूपमा सम्पन्न भएको छ। निवर्तमान अध्यक्ष श्री गणेशबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

अधिवेशनबाट श्री भीमसेन गुरुङ अध्यक्षमा निर्वाचित हुनु भएको छ। त्यसैगरी उपाध्यक्षमा श्री गिरबहादुर गुरुङ, कोषाध्यक्षमा श्रीमती सृजना गुरुङ, सचिवमा श्रीमती बद्री लक्ष्मी गुरुङ, सह–सचिवमा सुश्री स्मृति गुरुङ तथा सह–कोषाध्यक्षमा श्री विनोद गुरुङ चयन हुनु भएको छ।

नवगठित कार्यसमितिका सदस्यहरूमा श्री सुन्दर गुरुङ, श्री विनोद गुरुङ, श्रीमती पूर्ण कुमारी गुरुङ, श्रीमती तुलसी गुरुङ, श्रीमती भगवती मोति गुरुङ, श्रीमती शान्ती गुरुङ, श्री माया म्हिगिलामा गुरुङ, श्री अर्जुन गुरुङ र श्री कपिल गुरुङ रहनु भएको छ।

त्यसैगरी समितिका सल्लाहकारहरूमा श्री टेकबहादुर गुरुङ, श्री रामजी पौडेल, श्री मनबहादुर गुरुङ, श्री सुकबहादुर गुरुङ, श्रीमती जमुना गुरुङ, निवर्तमान अध्यक्ष श्री गणेशबहादुर गुरुङ तथा श्रीमती तिर्थकुमारी गुरुङ चयन हुनु भएको छ।

अधिवेशनलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष श्री गणेशबहादुर गुरुङले आफ्नो कार्यकालमा देश–विदेशका विभिन्न सामाजिक तथा मानवीय क्षेत्रमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।

नव–निर्वाचित अध्यक्ष श्री भीमसेन गुरुङले धन्यवाद ज्ञापन गर्दै समाजप्रति विश्वास व्यक्त गर्ने सम्पूर्ण सदस्यहरूप्रति आभार प्रकट गर्नुभयो। उहाँले अघिल्ला कार्यसमिति तथा पदाधिकारीहरूले समाजलाई यहाँसम्म ल्याउन पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै आगामी दिनमा सबैको सल्लाह, सुझाव र सहकार्यमा मर्दिखोला समाजको गरिमा अझ उच्च बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले समाजलाई निस्वार्थ, राजनीतिबिहीन तथा जातीयताबिहीन बनाउँदै विदेशमा रहेका सम्पूर्ण मर्दिखोला–हङकङवासीलाई एक परिवारको रूपमा एकताबद्ध गर्ने, सुख–दुःखमा साथ दिने समावेशी समाज निर्माण गर्नु नै आफ्नो प्रमुख लक्ष्य रहेको बताउनुभयो।

अधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा सहभागी सदस्यहरूले खुशी व्यक्त गर्दै नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!